-विनोद पोखरेल
अहिले बिश्व कोरोनाको युद्धमा होमिएको छ। युद्धको एउटा पक्ष सारा विश्व एकातिर रहेको छ भने अर्को पक्ष कोराना भाईरस (जुन अद्रिश्य छ र जिब हो वा निर्जिब हो अहिलेसम्म बैज्ञानीकले छुट्याउन सकेका छनैन्) त्यो अर्को पक्षमा उभिएको छ।
बिश्व आफ्ना सबै आर्थिक तथा राजनीतिक गतिविधिहरू छोडेर घरभित्रै बसेर यो युद्ध जितिन्छ भन्दै आफ्ना नागरिकलाई सचेत गरिरहेका छन् ।
कस्तो बिडम्बना, यो युद्धमा संसारकै शक्तिशाली राष्ट्र अमेरिका र युरोपका देशहरू सबै भन्दा बढी प्रभाबित भएका छन् भने कम शक्तिशाली अफ्रिकन, दक्षिण अमेरिकी र ओसियाना देशहरू निकै कम प्रभाबित छन् । बिश्वकै अर्थतन्त्र धरापमा पर्ने संकेतहरू देखिरहेका छन् । करिब ५ महिना अगाडि चीनबाट सुरु भएको कोरोनाको महासंग्राममा आजको दिनसम्म आईपुग्दा बिश्वमा २८ लाख भन्दा बढि संक्रमित भईसकेका छन् भने करिब १ लाख ९५ हजÞार भन्दा धेरैको मृत्यु भासकेको छ भने सबै भन्दा बढि संक्रमित हुने देशहरूमा अमेरिका, स्पेन, ईटाली, फ्रन्स, जर्मनी, बेलायत, टर्की, ईरान, चीन र रसिया छन् । चीन आफूले कोरोना युद्धमा जीत हासिल गरेर अर्थतन्त्र सुधार गर्दै अगाडि बढरहेको छ। यस महासंग्राममा बिश्वका बिभिन्न क्षेत्रलाई छुट्याएर बिश्वकै कुल संक्रमित तथा मृत्यु संख्यालाई प्रतिशतको आधारमा हेर्ने हो भने यस्तो देख्न सकिन्छ र
१) युरोप– जम्मा संक्रमित १२ लाख २४ हजार । बिश्वकै संक्रमित संख्याको ४३.६६ प्रतिशत । जम्मा मृत्यु १ लाख १७ हजार ९.५७ प्रतिशत र बिश्वकै कुल मृत्युको ५९.९२ प्रतिशत रहेको छ ।
२) उत्तर अमेरिका– जम्मा संक्रमित ९ लाख ७७ हजार । बिश्वकै संक्रमित संख्याको ३४.८५ प्रतिशत । जम्मा, मृत्यु ५५ हजार ५.६५ प्रतिशत र बिश्वकै कुल मृत्युको २८.१९ प्रतिशत रहेको छ ।
३) एसिया– जम्मा संक्रमित ४ लाख ४७ हजार । बिश्वकै संक्रमित संख्याको १५.९४ प्रतिशत । जम्मा मृत्यु १७ हजार ३.७१ प्रतिशत र बिश्वकै कुल मृत्युको ८.४७ प्रतिशत रहेको छ ।
४) दक्षिण अमेरिका– जम्मा संक्रमित १ लाख १८ हजार । बिश्वकै संक्रमित संख्याको ४.२० प्रतिशत । जम्मा मृत्यु ५ हजार ४.४७ र बिश्वकै कुल मृत्युको २.६९ प्रतिशत रहेको छ ।
५) अफ्रिका– जम्मा संक्रमित २९ हजार बिश्वकै संक्रमित संख्याको १.०५ प्रतिशत । जम्मा मृत्यु १३२६ जना ४.५० प्रतिशत र बिश्वकै कुल मृत्युको ०.६८ प्रतिशत रहेको छ ।
६) ओसियाना (अस्ट्रेलिया, न्यूजिल्यान्ड आदि)– जम्मा संक्रमित ८३३२ जना । बिश्वकै संक्रमित संख्याको ०.३० प्रतिशत । जम्मा मृत्यु ९६ जना १.६७ प्रतिशत र बिश्वकै कुल मृत्युको ०.०५ प्रतिशत रहेको छ ।
यसरी तथ्यहरू हेर्दा बिश्वमै सबैभन्दा बढि प्रभाबित तथा मृत्यु हुनेमा युरोप नै अगाडि देखिएको छ भने रिकभर हुने क्षेत्रमा पनि युरोप नै अगाडि छ । जहाँ करिब ४ लाख रिकभर भैसकेका छन् । त्यस्तै, दोश्रो रिकभर हुने क्षेत्र एसीया नै रहेको छ । जहाँ २ लाख भन्दा बढि रिकभर भै सकेका छन् । जसमध्ये चीन नै नियन्त्रण गर्ने प्रमुख देश रहेको छ । यसैगरी, अस्ट्रेलिया, न्यूजिल्यान्ड जस्ता राष्ट्रहरू कम प्रभाबित राष्ट्रको रुपमा रहेका छन् ।
अब आफू रहेको देश अमेरिकाको कुरा गरौं ।
जहाँ आजको दिनसम्म ९ लाख भन्दा बढि संक्रमित भै ५१ हजार भन्दा बढिको मृत्यु भैसकेको छ भने करिब ९० हजार रिकभर भै करिब ७ लाख ६९ हजार अझै कोरोना युद्धमा अमेरिकाबाट अग्रपंतिमा छन् ।
अमेरिकामा सबै भन्दा प्रभाबित म आफू बसेकै न्यूयोर्क राज्य रहेको छ । जहाँ मात्रै २ लाख ७६ हजार संक्रमित भएका छन् जुन अमेरिका भरिका संक्रमित संख्याको ३० प्रतिशतभन्दा बढि हो भने यस राज्यमा २१ हजार भन्दा बढिको मृत्यु भैसकेको छ । जुन देशको कुल मृत्युको ४० प्रतिशतभन्दा बढि हो ।
अमेरिकामा कोरोनाको प्रभाब देखिएको साढे २ महिनाभन्दा बढि भैसकेको छ भने यो अझै लम्बिँदै जाँदा देशको अर्थतन्त्रमै गंभिर असर पर्न सक्ने संभाबना यहाँका राजनैतिक आर्थिक बिश्लेषकहरू बताईरहेका छन् ।
सरकारले नियन्त्रणका प्रयास जारी राखेको छ । यसै साताको तथ्यांकले पनि नियन्त्रण भइरहेको भन्ने सन्देश दिएको छ ।
कोरोना युद्धमा खटिरहेका एक स्वास्थकर्मीका अनुसार अबको दुई सातामा यसको धेरै नियन्त्रण हुनेछ र यसले सकारात्मक आशा जगाऊनेछ । तर सामाजीक दूरी कायम गर्ने कार्य भने जारी राख्नु पर्नेछ । सरकारले यसको प्रभाब पर्न नदिन व्यापार व्याबसाय तथा नागरिकहरूलाई बिभिन्न राहतका प्याकेजहरू ल्याएको र कोरोनाको कारण काम गर्न नसकेकाहरूको लागि समेत बिषेश बेरोजगार भत्ताको समेत व्यबस्था गरेको छ । एक तथ्यांकअनुसार अहिलेसम्म २२ मिलिंयन भन्दा बढि अमेरिकन बेरोजगार भासकेका छन् ।
देशमा बेरोजगारी बढ्दै जादा अर्थतन्त्रलाई नकारात्मक असर त पर्छ नै तर यसबाट राष्ट्रीय राजनितीमा समेत नकारात्मक प्रभाब पर्ने देखिन्छ। यसै सन्दर्भमा आप्रबासीप्रति सदा नाकारात्मक धारणा राख्दै आएका बर्तमान राष्ट्रपति डोनल्ड ट्रमले यस अघिदेखि भिषालाई कडाई गर्दै आईरहेका थिए । अप्रिल २३ तारिक राती ११.५९ बजे देखि लागू हुनेगरी आप्रबासी भिषालाई ६० दिनको लागि रोक लगाउने एंउटा कार्यकारी आदेश जारी गरेका छन् । जसअनुसार आप्रबासी भिषाबाट अमेरिका आउने कामदारहरू, डिभी लट्रि बिजेता र आप्रवासीहरूका बुवा आमा दाजु भाई जस्ता परिवारहरू प्रभाबित हुनेछन् ।
कोरोनाको आक्रान्त खेपेर बसेका अमेरिकनहरू नै कोरोना पछिको श्रम बजारमा प्रथम प्राथमिकता पाउनु पर्छ भन्ने मान्यता राखेर आफूले यो आदेश जारी गरेको ट्रम्पको भनाई छ। यसबारे यहाँको बिपक्षी पार्टी डेमोक्रेटिकहरू भने सहमत छैनन् यसैले अदालतमा मुद्दा नपर्ला भन्न पनि सकिँदैन।
जारी भएको कार्यकारी आदेशले अमेरिका बाहिर रहेकालाई मात्र लागू हुनेछ। यो आदेश पूर्वआप्रबासी भिषा जारी भैसेकेका, ग्रिनकार्ड लिई सकेकालाई लागू हुने छैन भने अमेरिकी नागरिक तथा अमेरिकी सेनाका दम्पत्तीहरू र तिनका २१ बर्ष मुनीका छोरा छोरीको लागि लागू हुने छैन ।
यसैगरी डाक्टर, नर्स, स्वास्थकर्मी तथा मेडिकल रिसर्चसम्बन्धी आउने व्यक्तीहरूका हकमा पनि लागू नहुने भनिएको छ । लगानीमा आधारित आप्रबासी तथा अमेरिकाको चाहनामा आउने व्यक्तीहरूलाई आप्रबासी भिषामा रोक लगाईएको छैन भने अमेरिकामा एसआईलम खोज्न पनि रोक लगाईएको छैन।
सीएनएनका अनुसार राष्ट्रपतिको यस घोषणाले अमेरिकामा मासिक औसत २६ हजार भित्रिदा ६० दिनको ५२ हजार आप्रबासी भिषा लिएर आउने प्रभाबित हुनेछन् तर यसअघि भएका एक दर्जन भन्दा बढी सुनुवाई तथा रिफ्युजीलाई अस्वीकार गर्ने जस्ता आप्रबासी कानुन परिबर्तनले गर्दा धेरै संख्यामा रोक लगाई सकिएको छ ।
अमेरिकी हाउस अफ जुडिसियरीको अध्यक्ष जेरोल्ड न्याडलरका अनुसार यसले अमेरिकी बेरोजगारीलाई खासै असर गर्दैन मात्र आफ्नो पारिवारिक मिलनलाई रोक लगाएको छ । यस्तै इमिग्रेशन तथा सिटिजनसिप चियर उमन जिओ लोफ्ग्रिनका अनुसार यो आदेश अमेरिकामा कम आप्रबासी भित्राउने राष्ट्रपतिका सल्लाहकारहरूको आप्रबासी बिरोधी एजेन्डा मात्र हो । एक अध्ययनअनुसार यस आदेशले बार्षिक रुपमा आप्रबासी प्रबेशको ५ प्रतिशत मात्र असर पर्छ भनेको छ ।
नेपालीहरूमा यस आदेशको प्रभाब बिशेषगरी डिभी लट्रिबाट आप्रबासी रुपमा अमेरिका आउनेलाई बढि पर्नेछ भने र आप्रबासी कामदारको रुपमा आउनेलाई पनि प्रभाबमा पर्नेछ । यस्तै, आप्रबासीका परिवारको रुपमा जो भिषा ग्रिनकार्डको प्रक्रियामा छन् उनीहरू समेत यस आदेशबाट प्रभाबित हुनेछन् ।
अमेरिकाबाट प्रकाशित एक पत्रिका खसोखासका अनुसार चालु आर्थिक बर्षका लागि ३६९६ जना नेपालीलाई डिभी लट्रि परेको थियो त्यस मध्ये १०६९ ले भिषा प्राप्त गरिसकेका छन् बाँकी करिब २६०० भन्दा बढी नेपाली डिभी बिजेता अमेरिका आउन पाउने नपाउने निश्चित हुन सकेको छैन ।
अमेरिकी सरकारले कोरोना संक्रमण सुरु भएदेखि नै आप्रबासीहरूमा नियन्त्रण गरिरहेकोले राष्ट्रपतिको यो आदेशमा डेमोक्रेट्सहरूले कुनै अबरोध नल्याए यो आदेशको अबधी थप गर्न सक्ने सम्ंभाबना पनि त्यति धेरै नरहेको छ । यसबाट के हति अमेरिका आउने आप्रबासीहरू प्रभाबित हुनेछन् भन्ने अहिले यकिन साथ भन्न सकिने अबस्था छैन ।
-लेखक न्युयोर्कमा बस्छन् ।















प्रतिक्रिया