३० आश्विन २०८३, शुक्रबार

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको स्थगन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्गटन डीसी । नेपाल-अमेरिका फिल्म सोसाइटीले जुन २६ देखि २८ सम्म वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गर्न लागेको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण स्थगन गरेको छ ।

नेपाल, अमेरिका र अन्य विभिन्न देशबाट आवेदन परेका चलचित्रहरूको छनोट प्रक्रियामा रहेको चलचित्र महोत्सवको सबै प्रक्रिया स्थगित भएको छ । आवेदनका क्रममा चलचित्रकर्मीहरूले तिरेको सम्पूर्ण शुल्कहरू पनि फिर्ता गरिएको छ ।

अन्तिम तयारीमा रहेको अन्तर्राष्ट्रिय महोत्सव कोरोना संक्रमणले गर्दा विश्वव्यापी स्वास्थ्य संकट थप अनिश्चित बन्दै गएकोले स्थगन गर्नु परेको हो ।

कोरोनाभाईरसको माहामारीकै कारण महोत्सव आयोजना हुने म्यारिल्याण्ड लगायत संयुक्त राज्य अमेरिकाका प्राय सबै राज्यहरुमा संकटकाल घोषाणा गरिएको छ ।

यस वर्षको महोत्सव स्थगित भए पनि केहि भर्चुअल कार्यक्रमहरु गरिने योजना रहेको सूचनामा उल्लेख छ ।

कोरोना संक्रमणको संकट सामान्य बन्दै गएपछि चलचित्र महोत्सव २०२१ को घोषणा र अन्य चलचित्र सम्बन्धि वार्षिक कार्यक्रमहरू घोषणा गरिनेछ ।

सोसाइटीको फेसबुक पेजमा यी कार्यक्रमहरुका बारेमा निरन्तर जानकारी राखिने जनाइएकाे छ ।

मेरिल्याण्डको ए.एफ.आइ सिल्भर थिएटर, सिल्भरस्प्रिङ्ग र रिगल सिनेमा ह्याट्सभिल आयोजना हुँदै आएको महोत्सव अमेरिकामा रहेका अन्तर्राष्ट्रिय डायस्पोराको साझा मञ्चको रुपमा स्थापित हुँदै आएको छ ।