
– सम्झना पाण्डे
नर्सिङ एक सम्मानजनक र संवेदनशील पेशा हो । जुन बिरामी, घाइते र असहाय व्यक्तिहरूको उपचार गर्न समर्पित छ । विश्वव्यापी रूपमा नर्सिङको औपचारिक शिक्षा सुरु हुनुभन्दा अघि पनि धार्मिक संस्थानबाट बिरामीहरुलाई मद्दत गर्ने गर्थे ।
नर्सिङ पेशा धेरै पहिलेदेखि सुरू भएको थियो तर आधुनिक नर्सिङको संस्थापना फ्लोरन्स नाइटिंगेलले गरेकी थिइन् । जसका अनुसार “नर्सिङ भनेको एक स्वास्थ्य देखभाल हो जसले एक व्यक्तिलाई स्वास्थ्यको पुनःस्थापना वा संरक्षण गर्न, बिमारी वा चोटपटकको संरक्षण गर्न वा वातावरणीय सिद्धान्तमा केन्द्रित हुने उपचारको लागि उत्तम सम्भावित स्थितिमा राख्छ । नर्सहरुले संसारमा हरेक महामारीमा सेवा गरेको पाइन्छ । जस्तै: स्मल पोक्स, मीजल्स, स्पेनिस फ्लू र अहिले कोरोनाको महामारी ।
नेपालमा नर्सिङ शिक्षाको सुरूवात २०१२ सालमा भएको थियो । नर्सिङ एसोसिएसन अफ नेपालको संस्थापना २०१८ सालमा दर्ता भएको थियो । २०६९ सालदेखि नर्सिङ शिक्षाको स्तरहरू उन्नती गर्दै एएनएमबाट पीएचडीमा स्वीकृत गरिएको छ ।
नेपाल नर्सिङ काउन्सिलका अनुसार सेप्टेम्बर २०१६ को तथ्यांक अनुसार नेपालमा ३८७५९ स्टाफ नर्स, २६५१८ एएनएम र ८१८ विदेशी नर्सहरु दर्ता छन् । लामु अमात्यलाई नेपालको पहिलो नर्स भनिन्छ । मेइ १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ ।
डब्ल्यूएचओको २०७४ सालको रिपोर्ट अनुसार ४३ लाख स्वास्थ्यकर्मीहरू छन् । ती मध्ये अनुमानित २० लाख नर्सहरू र मिड्वाइफ्ररीहरू छन् । संख्या उच्च देखिए पनि नर्सहरू बिरामीको अनुपातमा तुलनात्मक रुपले संख्या कम छ । डब्ल्यूएचओका अनुसार अझै ४ लाख नर्सहरू विश्वव्यापी रुपमा कम रहेका छन् ।
नर्सहरू फ्रन्टलाइन योद्धाहरू मध्ये एक हुन् । जसले मानिसहरूलाई कोरोना महामारीको बिरूद्ध लड्न मद्दत गरिरहेका छन् । एप्रन, मास्क र ग्लोभ्स केही आवश्यक उपकरणहरू हुन् । जुन भाइरस संक्रमणविरूद्ध सुरक्षात्मक रहन आवश्यक छन् । नेपाल सरकारले पीपीई सुरक्षात्मक व्यक्तिगत उपकरणहरू उपलब्ध गराउन कोशिस गरिरहेको छ ।
तर धेरै नर्सहरू अझै पनि यी उपकरणहरूबाट वञ्चित छन् र उच्च जोखिममा काम गरिरहेका छन् । साथै, नर्सहरूले धेरै समयसम्म ड्यूटी गर्ने गर्दछन जसले उनीहरूलाई संक्रमण र रोगको जोखिम बढाउँछ । नेपालमा नर्सहरू अन्य स्वास्थ्यकर्मीहरू जसरी काम गर्दछन् तर समय समयमा तलब कम भएको गुनासो पनि सुन्न सकिन्छ ।
यस्तो विषम परिस्थितिसँग सामना गरि रहेका आम नर्सहरूको सेवा गर्ने चाहनालाई मर्न नदिन विरामी, अस्पतालका लगानीकर्ता र राज्य सबै पक्ष सचेत हुन जरुरी देखिन्छ, समयमै चेतना भया । प्रार्थना र आशा गरूँ – यो महत्वपूर्ण चरण चाँडै अन्त हुनेछ र सबैजना आफ्नो सामान्य जीवनमा फर्किनेछन् ।
जोन हपकिन्स विश्वविद्यालयको रिपोर्टले देखाएअनुसार १०० भन्दा बढी डाक्टर र नर्सहरूले कोरोना भाइरसबाट पीडित बिरामीहरूको उपचार गर्दागर्दै आफ्नो जीवन गुमाइसकेका छन् । हालसम्म नेपालमा कोरोना भाइरसको ९ वटा संक्रमित पुष्टि भएका छन् ।
जसमध्ये कसैको पनि मृत्यु भएको छैन । कोरोना भाइरसको यो महामारीमा सबै व्यक्तिहरू आफ्नो परिवारसंग रमाइलो गरिरहेका हुन्छन् । नर्सहरू र स्वास्थ्यकर्मीहरू अस्पतालमा लडिरहेका छन् उनीहरूको जीवनलाई जोखिममा पार्ने व्यक्तिको जीवन बचाउन ।
नर्सिङ्ग पेशा नेपाल लगायत विश्वकै विषेषतः छात्राहरुको पहिलो रोजाईको पेशा हो । यसर्थमा सहजै भन्न सकिन्छ कि महिलाहरु सेवाका लागि अग्रपङ्गतिमा आउन लालायित छन् ।
महिलाको करुणा, सहनसिलता, समर्पण र सेवाभावलाई यसले छर्लङ्ग पार्दछ । यद्यपि यी पेशाकर्मीहरूको मर्म भने आम नागरिक र स्वयम राज्यले पनि बुझ्न सकेको देखिँदैन ।
यसैको परिणामस्वरुप आम नर्सिङ्गकर्मीहरु अहिले दोहोरो चपेटामा छन् । सेवा नदिउँ बिरामीको ज्यान जाला भन्ने पीर दिउँ आफ्नो ज्यान जाला भन्ने पीर !
यस्तो विषम परिस्थितिसँग सामना गरि रहेका आम नर्सरुको सेवा गर्ने उत्कट चाहनालाई मर्न नदिन विरामी, अस्पतालका लगानीकर्ता र राज्य सबै पक्ष सचेत हुन जरुरी देखिन्छ, समयमै चेतना भया । प्रार्थना र आशा गरूँ यो महत्वपूर्ण चरण चाँडै अन्त हुनेछ र सबैजना आफ्नो सामान्य जीवनमा फर्किनेछन् ।















प्रतिक्रिया