६ कार्तिक २०८३, शुक्रबार

सानिमा बैंकद्वारा कोरोना कोषलाई १ करोड ६८ लाख हस्तान्तरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । सानिमा बैंक लि.ले कोरोना भाइरस (कोविड–१९) को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई रु १ करोड ६८ लाख सहयोग उपलब्ध गराएको छ ।

जसअन्तर्गत बैंकका कर्मचारीहरूको तर्फबाट रु ३३ लाख प्रदान गरिएको छ । केन्द्रीय सरकारअन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रु ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई रु १० लाखका दरले ७० लाख सहयोग रकम उपलब्ध गराइएको छ ।

बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरूमार्फत् आ–आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो । यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

यस प्रतिकूल परिस्थितिमा बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरु मार्फत् निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।