काठमाडौं, ११ वैशाख । नेपाल सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत देशको विभिन्न स्थानहरूमा राहत सामाग्री वितरण गरेको छ ।
बैंकको शाखा कार्यालय तुलसीपुरले, तुलसीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।
उक्त खाद्यान्न सामाग्री बैंकको तुलसीपुर शाखाका शाखा प्रमुख सरोजकुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका छन् ।
बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।















प्रतिक्रिया