६ कार्तिक २०८३, शुक्रबार

कोरोनाविरुद्ध लड्न प्राइम लाइफको सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाविरुद्धको लडाइँमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले जानकारी दिए ।
उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । यसबाट कोरोनाविरुद्धको लडाइँमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ ।