२९ आश्विन २०८३, बिहिबार

‘कोरोना इपिसेन्टर’ बनिरहेको उदयपुर भुल्केबाट सरकारलाई खुल्लापत्र

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-आशिश ओझा

कोरोना भाइरस बिजय उन्मादमा बिश्व यात्रामा छ । यसको यात्रा रोक्न काँडे तार बन्न ३० दिन देखि हामी गुप्तबासमा छौं । गुप्तबासको छिद्रता खोज्दै उसले हामीलाई हमला गरिरहेको छ । अप्रत्याशित हमलाको शिकार मेरो जन्म गाउँ भयो । धेरैले नेपालको बुहान भनेर उपनाम दिए हो, त्यहि बुहान क्षेत्रको बासिन्दाको हैसियतले यो खुल्ला पत्र लेख्दै छु ।

म अहिले उदयपुर भुल्के क्षेत्रमा लक डाउनको इमान्दारीताका साथ पालना गर्दै घरभित्र छु । तर घरभित्र भएर मात्र त्रासदी, भय वा यहाँ देखिएका अनेक प्रकारका डरको निराकरण कसरी होला ?

मान्छेको मन न हो बन को बाघले खाओस नखाओस मनको बाघले खान्छ भने झै सबैमा चिन्ता र चासो बनेको छ। त्रासको बादलले छोपेको छ । बादल फटाउने काम सरकार तिम्रो हो । हो, सरकार तिमीसँग सीमित श्रोत साधन छ त्यस्को ब्यवस्थापन गर्न गाह्रो होला ।  तर संकटले घण्टी बजाइसकेपछि कम छ भनेर कुम्भकर्ण झै निदाउने छुट तिमीलाई छैन

बिश्वमा मृत्युको परेड खेलिरहेको भाइरस हाम्रो गाउँमा प्रवेश गरेपछि धेरैको उजालिएका मुहारहरुमा कान्तीक्षय भए । ३०औं दिन सम्म कहीँ केही नभएपछी स्वतन्त्रताका पर्खाइमा रहेका ती मुहारहरुमा कठोर बज्र प्रहार भयो । फेरि स्वतन्त्रताको पर्खाइमा रहेका कावाहरु काटिए, असिना पानीले कुटिएको बाली झैं भए । आशाको धिपधिप दियो सरकारको कृयासिलतामा आएर अडिएको छ। अहिलेसम्म २४ जनामा कोरोना पुष्टि भएको छ अरुको नमुना परिक्षण हुँदैछ।

मान्छेको मन न हो बन को बाघले खाओस नखाओस मनको बाघले खान्छ भने झै सबैमा चिन्ता र चासो बनेको छ। त्रासको बादलले छोपेको छ । बादल फटाउने काम सरकार तिम्रो हो । हो, सरकार तिमीसँग सीमित श्रोत साधन छ त्यस्को ब्यवस्थापन गर्न गाह्रो होला ।  तर संकटले घण्टी बजाइसकेपछि कम छ भनेर कुम्भकर्ण झै निदाउने छुट तिमीलाई छैन।

पक्कै हाम्रो सुरक्षामा तिमी निदाउने छैनौ । तर तिमी आफैं आफ्नो आयुको जोड घटाउमा ब्यस्त छौ भन्ने सुनेको छु । ब्यस्तताबाट समय निकालेर हाम्रो गाउँमा प्राणवायु दिन आउ । जनता रहेन सरकार रहन्छ ? जनताको जिउधनको सुरक्षा पहिलो प्राथमिकतामा राख । भोलि फेरि सरकारको जोड घटाउमा लागौंला । नबिर्स जनअभिमतबाट नै सरकार बन्ने हो। उचित सुरक्षा प्रबन्धको साथ स्वास्थकर्मीलाई गाउँ पठाउ । मन को बाघले खाइरहेको घाउमा मलमपट्टि लगाउ, । अनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको प्रतिनिधि सहित गाउँ आउ एउटा क्याम खडा गर तीबाट संयुक्त सेवा प्रबाह गर । संकटको बेला न हो आफ्नो अभिभावक खोज्ने । जिम्मेवार अभिभावक बन, कुसल ब्यवस्थाप बन, भोलीको दिनमा तिमीलाई सम्झिने दिन आओस् ।

स्थानीय श्रोत साधनको परिचालन गर त्यहि उपचारको प्रबन्ध मिलाउ केही हुन्न हामी छौं भन्ने भाव संचार गर। हो, आड भरोसाले नै हो मान्छे बलियो हुने । प्रतिरोधि हुने । प्रतिरोधी बनाउने काममा जुट । आउ जनता सँगै हातेमालो गर्दै कोरोनाविरुद्धको यात्रामा बिजयको खुसीको रंगहरु बाँड्न आशा र उमंगको सन्चार गर्न। युवाहरुलाई स्वयम्सेवी बनाऊ, भएका सामाजिक संघ संस्थालाई क्रियाशील बनाऊ।  सबै को साथ लिऊ ।

एउटा जाती सम्प्रदायमाथि प्रहार भैरहेको बेलामा समाजिक सद्भभाव खल्बलिन नदिन तदारुकता देखाऊ । जसले भोलि बिष बनेर समाजमा जरा नगाडोस् त्यो बिषलाई समयमा नै ब्यवस्थापन गर । ढिलासुस्तीको प्राय बनेको कर्मचारी, प्रहरी प्रशासनमा संचारको गति बढाउँदै उनीहरु माथी लागेको कलंक मेटाउने समय यही हो, सदुपयोग गर । जनताले दिएकोे सूचना बेवास्ता गर्दा यो परिणाम आयो । भोलिको दिनमा लापरबाही नहोस् । समयको माग सँगै  सरकार तिम्रो उपस्तिथि देखाऊ । एका तिर रोगसँग लडिरहेका मानिस छन्, अर्कातिर भोकसँग र सबैभन्दा ठूलोचाहिँ भयसँगको डर छ । मानिसको कुशल ब्यवस्थापन गर ।

आगे तिमी हामी मिले जित सुनिश्चित छ । जितको लागि बाताबरण बनाऊ । हाम्रो साथ, हात सरकार तिमी माथि छ ।