बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

सेलपेबाट भुक्तानी गर्दा मास्क र साबुन निःशुल्क पाइने

दैनिक नेपाल २०७७ वैशाख ९ गते ८:४८

काठमाडौं, ९ वैशाख । सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको अग्रणी ई(कमर्स प्लेटफार्म पेलेस एपसँग सहकार्य गरेको छ ।

यस सहकार्यअन्तर्गत पेलेस एपको कुपन सेक्शनको खेती फुडबाट सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क र १ थान साबुन निस्शुल्क पाउनेछन् ।

हाल विश्वभरि फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी पेलेस एपले अत्यावश्यक सामग्रीहरू ग्राहकहरूको घरमै पु¥याउनको लागि नेपाल सरकारबाट अनुमति प्राप्त गरेको छ । यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित