
-बिनोद पोख्रेल
कोभिड १९ को विश्वव्यापी संकटमा प्रभावित नहुने सायदै कोही होला । आजको मितिसम्म विश्वमा प्रत्यक्ष रुपमा करिब २३ लाख ३२ हजार ४ सय ५६ बढ़ी मानिसहरु यसबाट प्रभावित भैसकेका छन् भने १ लाख ६० हजार ७ सय ८४ बढीको मृत्यु भैसकेको छ ।
यसैगरी करीब ६ लाख बिरामीहरु मात्र निको भएका छन् । सो मध्ये अहिलेको ईपिसेन्टर मानिएको अमेरिकामा मात्र यो स्तम्भ लेख्ने बेलासम्म ७ लाख ३८ हजार ९ सय १३ बढी संक्रमित भैसकेका छन् भने ३९ हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।
अमेरिकाको न्यूयोर्क राज्यमा मात्रै २ लाख ४१ हजार बढी संक्रमित भएका छन् । जुन विश्वकै अरु एउटा कुनै देशको भन्दा बढी हो र न्युयोर्कमा मात्र १७ हजार ६ सय ४१ बढीको मृत्यु भैसकेको छ । मुख्य शहरका पाँच बोरोहरु म्यानह्याटन, ब्रुकलिन, क्विन्स, स्टाटेन आईल्याण्ड र ब्रङ्समा मात्र ८ हजार ८ सय ९३ को मृत्यु भईसकेको छ ।
अधिकांश ग्रोसरी स्टोरहरु खुलेका र बाहिर जान नसक्नेलाई ठूला ठूला डिपार्टमेन्ट स्टोरहरुले घरमै डेलिभरीको व्यवस्था समेत गरेकोले केही महंगो मूल्य भएपनि खानपिनको सामग्री खरीदको लागि भने सहज रहेको छ । तर डेलिभरीमा भने सहज छैन धेरै लामो क्युमा बस्नुपर्ने र अनलाईन पोर्टलहरुमा प्रतीक्षा गरिरहनुपर्ने देखिन्छ ।
करीब १ करोड ९५ लाख जनसंख्या रहेको राज्यमा करीब ३.५ प्रतिशत जनसंख्या अहिलेसम्म संक्रमित भैसकेका छन् भने संक्रमितमध्ये झण्डै ५.११ प्रतिशतको मृत्यु भैसकेको छ र सो संख्या निरन्तर बढ़्ने क्रम अझै जारी छ ।
विश्वकै व्यापारीक तथा पर्यटकीय केन्द्र, अन्तर्राष्ट्रिय आवागमनको चाप रहेको क्षेत्रमा रोग संक्रमणको रोकथामको पूर्व तयारी नहुनुका साथै नजिक नजिकमा रहेका ठूला ठूला अपार्टमेन्ट बिल्डिंगहरु, बाक्लो बस्ती र महंगो रेन्टको कारण मानिसहरु एक आपसमा रुम शेयरिंग गरेर बस्नु पर्ने बाध्यता नै न्यूयोर्कमा अत्याधिक मात्रामा संक्रमित बढ्नुका मुख्य कारक तत्व मान्न सकिन्छ ।
यो महामारीले देशको अर्थतन्त्रमा ठूलो क्षति नपुगोस् भनेर सरकारले व्यापारिक संस्था तथा नागरिकहरुलाई आर्थिक राहतका प्याकेजहरु ल्याएको छ । यहाँ अहिले करीब ४ हप्तादेखि अत्यावश्यक सेवाका कार्यालय, संघ संस्था तथा व्यवसायहरु बाहेक सबै पूर्ण रुपमा बन्द छन् ।
यो बन्द यही अप्रिल ३० सम्मको लागि तोकिएको थियो तर अहिले बढाएर मे १५ सम्म पुर्याईएको छ तथापि नेपालजस्तै पूर्णरुपमा लकडाउनको अवस्था भने छैन ।
जनतालाई अति जरुरी अवस्थाबाहेक घरमै बस्ने र बाहिर जाँदा अनिवार्य मास्क लगाउने र सामाजिक दूरी कायम गरी सचेत रहन सरकारी आदेश जारी गरिएको छ । यसको परिणामस्वरुप अहिले यहाँ ८० प्रतिशतभन्दा बढी नागरिक बेरोजगार रहनुपर्ने अवस्था आएको छ ।
यस विषम परिस्थितिमा सारा विश्वमा दु:ख, पिडा र संकट देखिएपनि एउटा सत्य भने उजगार भएको छ । हराउँदै गएको मानवता फेरि एकपटक देखिन थालेको छ । भौतिकवादीहरु समेत आध्यात्मिकवादतर्फ उन्मुख देखिन्छन् ।
तर सरकारले महामारीको अवस्थालाई मध्यनजर राख्दै निश्चित अवधिसम्मको लागि बिशेष बेरोजगार भत्ताको व्यवस्था समेत गरेको छ । त्यसैगरी प्रति करदाता एकमुष्ठ १२०० डलर खातामा पनि आउने क्रम जारी छ ।
यस विश्वव्यापी महामारीबाट अमेरिकामा रहेका सिंगो नेपाली समुदाय पनि पूर्ण रुपमा प्रभावित भएको छ । सूचना दिन हिच्किचाउने तथा टेष्ट गर्न क्राईटेरिया नपुगेकाले अमेरिकामा के कति नेपाली संक्रमित भएका छन् भन्ने यकिन तथ्यांक नभए पनि न्युयोर्क सिटीमा मात्र करिब ५००/६०० सम्म संक्रमित भएको अनुमान गरिएको छ भने अहिले सम्म ७ जना नेपालीको न्युयोर्कमा मृत्यु भैसकेको छ जसमध्ये कोरोनाबाट मात्र ६ जनाको मृत्यु भएको छ र अस्पतालमा बेडको अभावमा भर्ना हुन नपाई घरमै मृत्यु हुनुपर्ने अवस्था पनि यहाँ देखिन आएको छ ।
अहिले कतिपय बिरामीहरु रोगलाई जितेर धमाधम घर फर्कने क्रम पनि बढदै गएको छ। परम्परागत खानपिनको बानी र सानै देखि केही डर र त्रास देखाईएर हुर्किएको हाम्रो संस्कारको कारण अधिकांश नेपाली समुदाय पूर्णरुपमा सचेत रहेकोले अन्य समुदायभन्दा तुलनात्मक रुपमा नेपाली समुदाय कम संक्रमित भएको अनुमान गरिएको छ भने समुदायमा एक आपसमा सहयोग र सद्भाव राख्ने काममा हाम्रो समूदाय शहरमा उत्कृष्ट देखिएको छ ।
अहिले यस संकटमा यहाँ रहेका सबै नेपाली संघ संस्थाहरु तथा सामाजिक अभियन्ताहरु एकजुट भै एक आपसमा सहयोग र सद्भावको लागि ‘कोरोना बिरुद्ध सचेतना एवं सहयोग समूह” नामक अभियान संचालन गरेका छन् भने सो समूह लगायत बिभिन्न अन्य समूहमार्फत आफूलाई हुनसक्ने संक्रमणको जोखिमको समेत पर्वाह नगरी आपत् बिपत् तथा समस्यामा परेका नेपालीहरुको घर घरमा औषधि,स्वास्थ्य उपकरण लगायत खानेकुराहरु पुर्याउने मानवीय सहयोगमा हाम्रो समुदायका धेरै स्वयंसेवकहरु खटेको देखिन्छ जुन साह्रै नै प्रशंशनीय रहेको छ।
हरेकले आफ्ना धर्मग्रन्थहरु कोट्याउन थालेका छन्। रामायण महाभारत हेर्नेहरु बढेका छन् । तर हरेक दुखस्मा सहारा खोज्न जाने सबै मन्दिर, मस्जिद र चर्चहरु यस विश्वव्यापी संकटमा बन्द रहेकाले भगवान त्यहाँ होईन हरेक मानवरुपी जीवनभित्रै रहेछ भन्ने प्रमाणित भएको छ ।
यो कठीन घडीमा कोरोनाका बिरामीहरु हाम्रै समुदायका व्यक्तिहरु समेत अस्पतालमा भर्ना हुन नपाई घरभित्रै मृत अवस्थामा फेला पर्नु समूदायका सहयोगी अभियानको लागि थप चुनौतीपूर्ण देखिएको छ ।
हाम्रै समूदायको अगुवाईमा अहिले कोरोना संक्रमित बिरामीलाई घरमा बस्न गाह्रो हुने अवस्था भए हस्पिटलबाट सोझै होटेलमा राख्ने व्यवस्था समेत गरिएको छ जहाँ भेन्टिलेटरबाहेक सबै सुविधा दिईएको छ ।
सरकारले समेत त्यसका लागि न्यूयोर्कका ३ हजार बढी होटल प्रयोग गर्ने भएको छ ।
एउटा चिया कफी पनि बाहिरै खान रुचाउने, बिहान बेलुकाको खाना समेत रेस्टुरेन्ट तथा फास्टफूड खान रुचाउने अमेरिकनहरुको दैनिक गुजारा केही कष्टकर नै देखिएतापनि सरकारले समेत ठाउँ ठाउँमा निशुल्क खानाको व्यबस्थापन गरी केही राहत भने दिएको देखिन्छ ।
अधिकांश ग्रोसरी स्टोरहरु खुलेका र बाहिर जान नसक्नेलाई ठूला ठूला डिपार्टमेन्ट स्टोरहरुले घरमै डेलिभरीको व्यवस्था समेत गरेकोले केही महंगो मूल्य भएपनि खानपिनको सामग्री खरीदको लागि भने सहज रहेको छ । तर डेलिभरीमा भने सहज छैन धेरै लामो क्युमा बस्नुपर्ने र अनलाईन पोर्टलहरुमा प्रतीक्षा गरिरहनुपर्ने देखिन्छ ।
यस बिषम परिस्थितिमा सारा विश्वमा दु:ख, पिडा र संकट देखिएपनि एउटा सत्य भने उजगार भएको छ । हराउँदै गएको मानवता फेरि एकपटक देखिन थालेको छ । भौतिकवादीहरु समेत आध्यात्मिकवादतर्फ उन्मुख देखिन्छन् ।
हरेकले आफ्ना धर्मग्रन्थहरु कोट्याउन थालेका छन्। रामायण महाभारत हेर्नेहरु बढेका छन् । तर हरेक दुखस्मा सहारा खोज्न जाने सबै मन्दिर, मस्जिद र चर्चहरु यस विश्वव्यापी संकटमा बन्द रहेकाले भगवान त्यहाँ होईन हरेक मानवरुपी जीवनभित्रै रहेछ भन्ने प्रमाणित भएको छ ।
संघ सस्था हाँक्ने कुर्सीमा माला लगाएर बस्ने ठूलाठूला नेताहरुभन्दा संकटका सारथी नै सच्चा हिरो रहेछन् भन्ने प्रमाणित भएको छ । प्रार्थना गर्छुस् यो महासंकटबाट संसारले मुक्ति पाओस !
लेखक हाल न्यूयोर्कमा छन् ।















प्रतिक्रिया