शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत सहयोग

दैनिक नेपाल २०७७ वैशाख ३ गते ६:१६

काठमाडौं, ३ वैशाख । नेपाल सरकारले लागू गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरूमा राहत सामग्री वितरण गरेको छ ।

बैंकले सल्यानको त्रिवेणी गाउँपालिका, लुहाममा राहत सामग्री सहयोग गरेको छ ।

उक्त राहत सामग्री बैंकको लुहाम शाखाका शाखा प्रमुख सुदिन सिंहले त्रिवेणी गाउँपालिकाका प्रमुख मानबहादुर डाँगीलाई हस्तान्तरण गरेका छन् ।

यसैगरी, बैंकले श्रीनगरको क्षत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकामा पनि राहत सामग्री सहयोग गरेको छ । बैंकको श्रीनगर शाखाका शाखा प्रमुख सुनिल रेग्मीले क्षत्रेश्वरी गाउँपालिकाका प्रमुख सन्तोष केसी र शारदा नगरपालिका उप–प्रमुख सावित्रा बस्नेतलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

बैंकले सुर्खेतको विरेन्द्रनगर नगरपालिका – ५ मा पनि राहत सामग्री सहयोग गरेको छ । सहयोग सामग्री बैंकका वीरेन्द्रनगर शाखाका शाखा प्रमुख खगेन्द्र मल्लले वीरेन्द्रनगर नगरपालिकाका प्रमुख राजबहादुर गुरुङ्गलाई हस्तान्तरण गरे ।

बैंकले काठमाडौंको टोखा नगरपालिका – ६, धापासीमा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

खाद्यान्न सामग्री बैंकका बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले टोखा नगरपालिका – ६, का वडा प्रमुख महेश्वर केसीलाई हस्तान्तरण गरे ।

बैंकले सहयोग गरेको राहत सामग्री अन्तर्गत चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुनलगायतका सामग्री रहेको छ ।

बैंकले लकडाउनको समयमा विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

प्रतिक्रिया
सम्बन्धित