६ कार्तिक २०८३, शुक्रबार

एनआईसी एशिया बैंकका ग्राहकलाई सामान खरिद गर्दा छुट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने जनाएको छ ।

दराज अनलाईनमा रहेको बिगमार्टका साथै सेल्सबेरी मेरो किराना तथा सेन्ट्रल बजारमार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र उक्त चार वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको बैंकले जनाएको छ ।

बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट, क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा छुट प्राप्त गर्न सक्नेछन् ।