सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

सन् नेपाल लाइफ इन्स्योरेन्सद्वारा ३० लाख सरकारलाई प्रदान

दैनिक नेपाल २०७७ वैशाख १ गते ७:१२

काठमाडाैं, १ वैशाख । नेपाल सरकारबाट स्थापित र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरूबाट रु. १९ लाख १ हजार एवं कम्पनीको तर्फबाट रु. ११ लाख गरि जम्मा ३० लाख १ हजार रुपैयाँ सहयोग राशी योगदान गरेको छ ।

उक्त रकम सन नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमल राज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद सिंहदरवारमा हस्तान्तरण गरिएकाे हाे ।

यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरूको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित