
काठमाडौँ, ३० चैत । सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने चार जनाविरुद्व मुद्वा दायर भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले लकडाउनको अवज्ञा गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले लकडाउनको अवज्ञा गर्ने चार जनाविरुद्ध सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जनाएको छ ।
मुद्दा दर्ता हुनेमा शान्तिनगर गाउँपालिका २ का २३ वर्षीय दिनेश भण्डारी, बबई गाउँपालिका ६ का १९ वर्षीय दिलबहादुर डाँगी, तुलसीपुर १० का २५ वर्षीय कुमार बस्नेत र ३२ वर्षीय रनदिप न्यौपाने रहेका छन् ।











प्रतिक्रिया