८ मंसिर २०८३, मंगलबार

प्रहरीमाथि दुर्व्यवहार गरेपछि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ३० चैत । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह पक्राउ परेका छन् ।

साहले प्रहरी सहायक निरीक्षक र जवानमाथि दुव्र्यवहार तथा हातपात गरेको आरोप लागेको छ । आइतबार बिहान लकडाउनको समयमा मोटरसाइकलमा बिना मास्क, पञ्जा महावीर चोकबाट जाँदै गरेका साहसँग सोधपुछका क्रममा प्रहरीसँग भनाभन भएको थियो ।

भनाभनपछि अध्यक्ष साहले प्रहरी सहायक निरीक्षक विद्यापति ठाकुरलाई दुर्व्यवहार गरेको प्रहरीको भनाई छ । उनले प्रहरीले सम्झाउन खोज्दा अन्य व्यक्तिलाई पनि बोलाई प्रहरीलाई हातपात गरेका थिए ।

साहले प्रहरीको मोबाइलसमेत फटाइ दिएका छन् । अध्यक्ष साहमाथि अभद्र व्यवहारमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपीक्षक रामेश्वर कार्कीले जानकारी दिए।