८ मंसिर २०८३, मंगलबार

नयाँ वर्षको दिन हुरीबतास सहित पानी पर्ने सम्भावना

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नयाँ वर्षको दिन सोमबार देशका केहि भूभागमा हुरीबतास सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषत पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ ।

पश्चिमी वायुको आंशिक प्रभावले भोलि पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली भइ थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मध्य तथा पूर्वी पहाडी क्षेत्रको तुलनामा पश्चिमी पहाडी क्षेत्रमा अलि धेरै पानी पर्नेछ । आजलाई भने पहाडी क्षेत्रमा दिउँसोपछि एकैछिन पानी पर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।