८ मंसिर २०८३, मंगलबार

म्याग्दीमा ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी, ३० चैत । म्याग्दीमा शनिबार र्‍यापीड टेष्टबाट कोरोना परीक्षण गरिएका ३३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

परीक्षण गरिएकाहरुमा विदेशबाट स्वदेश आएका रहेका छन् । सबैमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

जिल्लामा एक महिनायता भारत, खाडी, एशीयाली र युरोपका देशबाट करिब १४० जना भित्रिएको तथ्याङ्क छ ।

स्वास्थ्य मन्त्रालयमार्फत किट आएपछि बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले परीक्षण सुरु गरेका हुन् ।