८ मंसिर २०८३, मंगलबार

वडाध्यक्षलाई पक्राउ गर्न अदालतको अनुमति

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाहीलाई पक्राउ गर्न जिल्ला अदालत कञ्चनपुरले अनुमति दिएको छ।

शाहीविरुद्ध हातहतिया ओसारपसार आरोपमा मुद्वा दायर भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शाहीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

चैत २५ मा डिएल ३ सिसिआर ३९९७ नम्बरको भारतीय गाडीमा वडाध्यक्ष शाहीको पहिचान खुल्ने एटिम कार्ड र नगद रकमसहित दुई थान हतियार सशस्त्र प्रहरीले बरामद गरेको थियो।