८ मंसिर २०८३, मंगलबार

सुडानमा हृदयघातबाट मृत्यु भएका सेनाका विष्टकाे शव आइपुग्याे

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३० चैत । हृदयाघातका कारण ज्यान गुमाएका एक नेपाली सैनिकको शव लिएर श्री एअरलाइन्सको जहाज सुडानबाट काठमाडाैं आइपुगेको छ ।

जहाज बिहान सवा ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको गएको १७ गते शान्ति मिसनको ड्युटीकै क्रममा हृदयाघात हुँदा ज्यान गएको थियो ।

विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज शनिबार सुडानका लागि उडेको थियो । बिष्टको आज अन्त्येष्टि गरिने नेपाली सेनाले जनाएको छ ।