८ मंसिर २०८३, मंगलबार

दाङमा राहत वितरण गर्दा तीन जनामात्रै सहभागी हुन पाइने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, ३० चैत । दाङमा राहत वितरणमा अब बढीमा तीन जनामात्रै सहभागी हुन पाइने भएको छ ।

राहत बाँड्ने नाममा जनप्रतिनिधिको भिडभाड देखिएको फोटो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय दाङले अब बढीमा तीन जनामात्रै सहभागी हुन पालिकाहरुलाई पत्र काटेको छ ।

पालिका प्रतिनिधि, सुरक्षाकर्मी र सहायतादाता १/१ जना गरी तीन जनाले मात्रै राहत बाँड्न जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका दस वटै पालिकालाई अनुरोध गरेको छ ।