
काठमाडौं, २९ चैत । हृदयघातबाट मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रिदेश बिष्टको शव लिन श्री एयरलायन्सको जहाज शनिबार बिहान सुडानका लागि उडेको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, संयुक्त राष्ट्रसंघको सुडान मिसनमा स्टाफ अफिसरका रुपमा खटिएका बिष्टको शव आइतबार दिउँसो काठमाडौं ल्याइने छ ।
कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकले गरेको लकडाउनका कारण यो चार्टर उडानको अनुमति लिन झन्डै दुई साता ढिलाइ भएको हो । नेपाली सेनाले निजी वायुयान कम्पनी श्रीको सीआरजे बमबार्डियर विमानलाई चार्टर गरेर पठाएको हो ।
यूएनको सुडान मिसनमा खटिएका प्रमुख सेनानी रिदेश विष्टको चैत १७ गते हृदयघातका कारण मृत्यु भएको थियो ।











प्रतिक्रिया