शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खाडीबाट नेपाली श्रमिक उद्धार गर्नु परेमा के योजना छ सरकार ?

धनपती खतिवडा २०७६ चैत २८ गते १८:०८

-धनपती खतिवडा

संसारमा माहामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ साउदी तथा अन्य खाडी मुलुकहरु पनि अछुतो हुने प्रश्न भएन ।

यो भाईरस पहिलो पटक मानिसमा चीनको वुहान शहरमा देखिएको हो । यस भाईरसलाई डब्लुएचओले विश्वव्यापी माहामारी घोषणा गरेको यति लामो समय भइसकेको छ ।

यस भाईरस श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकोले संक्रमित व्यक्तिले खोक्दा हाछ्यु गर्दा नाक तथा मुखबाट निस्केका ससाना छिटाहरुबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलोसँग सर्न सक्ने क्षमता राख्छ ।

चिकित्सक तथा विशेषज्ञहरुका अनुसार यस् कोभिड १९ भाईरसले सामान्य रुघाखोकीदेखि जटिल भन्दा जटिल श्वासप्रश्वासको समस्या गराउने र मान्छेको मृत्युसम्म गराउछ ।

यस कोरोनाभारस एकबाट अर्को व्यक्तिमा सजिलोसँग सर्न सक्ने विशेषता भएकोले गर्दा सबै त्रसित संयमित र सतर्क भइरहे पनि हामी साउदी तथा मध्यपूर्व एशियाली खाडी देशहरूमा काम गर्ने श्रमिकहरुलाई अझ जोखिम बढेको छ विशेष गरेर सुपर तथा हाइपर मार्केट, खाद्यान्न, पानी, ग्यास र पेट्रोल पम्पतिर काम गर्ने श्रमिकहरु उच्च जोखिम मोलेर काम गरिएका छन् ।

यसबेला साउदी सरकारबाट रियाद मक्का मदिना अरु केही ठाँउ २४ घन्टा लकडाउनका साथै व्यापारिक महल विद्यालय विश्वविद्यालय होटल अत्यावश्यक सामान तथा सवारीबाहेक सबै बन्द भए पनि त्यति प्रभावकारी छैन ।

खाद्यान्न कम्पनी सुपर मार्केट पेट्रोल पम्प खुला नै छ यस्ले गर्दा नेपाली श्रमिकहरु एकदमै डराउनुका साथै मानसिक तनावका साथ काम गर्दै छन् । जसले गर्दा चिन्ताले सताएको छ ।

मुख्यत विभिन्न खाले सुपर मार्केटमा काम गर्दै आएका श्रमिकलाई जोखिम धेरै नै छ । यहाँ मार्केटमा काम गर्ने तथा कस्टमरको प्रवेशका लागि आवश्यक सावाधनी या मापदण्ड छैन ।

जहाँ सयौँको संख्यामा आउने कस्टमरले गर्दा हामी जस्तो लाखौँ श्रमिक उच्च जोखिम मोलेर काम गर्न विवश छौँ । पहिले भन्दा अहिले २४ घन्टा लकडाउनमा हुन थालेपछि कस्टमरको झन भिड लाग्नाले कोरोनाको जोखिम झन बढेको छ ।

आउँदा दिनहरुमा कोरोनाका भाइरसका कारण खाडीका देशहरूबाट नेपाली श्रमिक उद्धार गर्नु परेमा के कस्ता योजना छ सरकारसँग ? रोजगार गुमाएर फर्केकाको लागि कसरी व्यवस्थापन गर्ने यी यावत कुरामा समय हुँदै या आजै बाट पो सोच्ने कि ?

नेपालीमा एउटा भनाइ छ नि चाहिँदा भाँडो नचाहिने हुँदा ठाँडो यी यस्तो तेस्तो चैँ नभइदे हुने यस्ता कुरामा नि विचार पुर्याउने हो कि ? कसरी गर्दा सरल र उच्च सतर्कता हुन्छ र लोककल्याणकारी राज्यको सबैमा कसरी आनुभूत दिलाउन सकिन्छ ?

यो विषम परिस्थितिमा हाल सम्म दुबईमा ४ जना नेपाली कोरोना संक्रमित भइ सकेका छ्न भने हजारौँ जोखिममा छन् आजसम्म आईपुग्दा विश्व स्वास्थ्य संगठन तथा विभिन्न सञ्चारमाध्यमका अनुसार संसारभर करिब साढे १६ लाख मानिस कोरोना भाइरसबाट संक्रमित हुँदा करिब ९७ हजारको मृत्यु भैसकेको छ ।

त्यस्तै, यसको मृत्युदर २ बाट बढेर १२ प्रतिशत बढी भइसकेको छ । साउदीमा आज सम्ममा करिब ३३ सय कोरोना संक्रमितको संख्या पुगेको छ भने ४४ जनाको निधन भएको छ ।

साउदीमा हालसम्म ६ सय ६६ जना पूर्ण रुपमा निको भएर घर फर्केका छन् । संक्रमितहरुको निको हुने संख्या निकै भएपनि संक्रमण भने तीव्रतर फैलिरहेको अवस्था छ ।

साउदी तथा अन्य खाडी मुलुकहरू काम गर्ने नेपालीहरु धेरै नै चिन्तित छन् । नेपाल सरकारले कोरोना भाइरसबाट सिर्जित गम्भीरतालाई केन्द्रमा राखेर बेलामा नै सचेत हुन आवश्यक छ ।

यसबाट उत्पन्न हुने विषम परिस्थितिको कसरी सामना गर्ने भन्ने कुराको नि विचार पुरयाउनु पर्छ । कोरोनाका कारण विश्व आथिक मन्दिको चपेटामा पर्ने र यहाँ रहेका हजारौँ श्रमिकको पनि रोजगार जाने निश्चित प्राय छ ।

यस्तो परिस्थितिमा आफ्नो घर वा स्वदेश फिर्कन पाउने वातावरण यता सम्भव सरल र उच्च सावधानीका साथ मिलाउनु पर्छ ।

अन्यथा आफ्नो नागरिक कोरोनाको कारणले गर्दा राष्ट्रविहीन या देश निकाला जस्तो आभास हुन दिनु हुन्न । त्यस सम्बन्धमा समयमै आवश्यक कार्यक्रमको लागि तीव्रता दिनु पर्छ ।

बेलामा सचेत नभए साउदी तथा अन्य खाडी मुलुकहरू कोरोनाका कारण भयावह आवस्था नआउला भन्न सकिन्न । त्यसका ज्वलन्त उदाहरण युरोप र अमेरिका बनेका छन् ।

आउँदा दिनहरुमा कोरोनाका भाइरसका कारण खाडीका देशहरूबाट नेपाली श्रमिक उद्धार गर्नु परेमा के कस्ता योजना छ सरकारसँग ? रोजगार गुमाएर फर्केकाको लागि कसरी व्यवस्थापन गर्ने यी यावत कुरामा समय हुँदै या आजै बाट पो सोच्ने कि ?

नेपालीमा एउटा भनाइ छ नि चाहिँदा भाँडो नचाहिने हुँदा ठाँडो यी यस्तो तेस्तो चैँ नभइदे हुने यस्ता कुरामा नि विचार पुर्याउने हो कि ? कसरी गर्दा सरल र उच्च सतर्कता हुन्छ र लोककल्याणकारी राज्यको सबैमा कसरी आनुभूत दिलाउन सकिन्छ ?

यस सम्बन्धमा सरकारले आवश्यक स्पष्ट नीति ल्याएर यस माहामारीबाट हामी मध्यपूर्व एशियायी देशहरू काम गर्ने श्रमिकको जीउ धनको सुरक्षा गराई राज्य भएको अनुभूति दिन अत्यन्तै जरुरी छ ।

यसबाट सरकार अहिले गिरेको साख धेरै हदसम्म माथि आउने र श्रमिकले पनि राहतको स्वास फेर्न पाउने थिए कि ?

हाल :रियाद, साउदी अरेबिया 

प्रतिक्रिया
सम्बन्धित