८ मंसिर २०८३, मंगलबार

सुनचाँदी पसल चोरी गर्ने बाबुछोरा पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २८ चैत । धनगढी उपमहानगरपालिका १ मा सञ्चालित एक सुनचाँदी पसल चोरी गर्ने बाबुछोरा पक्राउ परेका छन् । पसलबाट चोरी गरेका सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

कारागार नजिकै रहेको सुनचाँदी पसलबाट बुधबार राति पाँच वटा सुनका टप र चाँदीका गहना चोरीमा संलग्न सोही ठाउँका ४५ वर्षका पप्पु गुप्ता र उनका २० वर्षका छोरा पवन गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नतेले जानकारी दिए।

गुप्ताले घरको छतमा रहेको पानी ट्याङ्कीभित्र लुकाएका अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। उनिहरुमाथि थप अनुसन्धान गरि कारबाही अगाडि बढाइने बस्नेतले जानकारी दिए ।