बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एनआरएनको अन्तर्राष्ट्रिय संचार तथा प्रकासन समिति गठन

दैनिक नेपाल २०७६ चैत २८ गते ७:५९

बेल्जियम । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद संचार तथा प्रकाशन समितिको सदस्यमा युरोपक्षेत्रबाट बेल्जियमबाट पत्रकार महासंघ युरोप शाखाका बरिष्ठ उपाध्यक्ष डिल्ली अम्माई, स्पेनका बसन्त रानाभाटर पोर्तुगलका राजकुमार थापा चयन भएका छन्  ।

बेलायतबाट नवीन पोखरेल समेत मनोनीत भएका छन् । एनआरएनए केन्द्रीय प्रवक्ता डिबी क्षेत्रीको संयोजकमा गठित १९ सदस्यीय समितिमा युरोप महादेशबाट सम्पूर्ण पत्रकारहरूको प्रतिनिधित्व गर्दै जम्मा चार जना संचारकर्मीमात्र अन्तराष्ट्रिय समितिमा छानिएका हुन् ।

एनआरएनए केन्द्रीय प्रवक्ता डीवी क्षेत्रीको संयोजकत्वमा गठित समितिको सहसंयोजकहरूमा हेमन्त काफ्ले, होम लम्साल, कृष्ण केसी, मेघराज सापकोटा र सदस्यहरूमा क्रमशः डिल्ली अम्माइ, बसन्त रानाभाट, भवानी पन्त, विजय ज्ञवाली, गोकर्ण लामिछाने, गोकुल ढकाल, किशान राई, नवीन पोखरेल, निरु त्रिपाठी, राजकुमार थापा, रामप्रसाद ढुङेल, ऋषि आचार्य, शुक्र मोक्तान, सूर्य थापा रहेका छन् ।

यसैगरी नेपालबाट विभिन्न मिडियामा काम गर्ने मिडियाकर्मीबाट अशोक घिमिरे, बिनेश खनाल, चन्दा थापा, चन्दन मण्डल, किरण बुढाथोकी नारायणी लामिछाने, संजिता देवकोटा र उद्दव भट्टराई तोकिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित