बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

लकडाउनमा सेवा प्रवाह गर्न क्लासिक टेकद्धारा टास्क फाेर्स गठन

दैनिक नेपाल २०७६ चैत २८ गते ७:४७

काठमाडाैं, २८ चैत । कोरोना भाईररस (कोभिड-१९) को महामारीमा विश्व आक्रान्त बनेका बेला नेपालमा पनि यसको फैलावट रोक्न लागि सरकारद्वारा लकडाउन घोषणा गरिएको छ ।

सरकारद्वारा घोषणा गरिएको यस लकडाउनमा अति आवश्यक काम नभएसम्म घर बाट बाहिर ननिस्कन हुन सरकारले आग्रह गरेका छन्। यस्तो समयमा विभिन्न ठुला लगायत प्राय सबै कम्पनी, कार्यालयहरूले घरै बसेर काम गरिरहेका छन् ।

कम्पनी, कार्यालय मात्र नभई आमजनताका जीवनमा पनि इन्टरनेट सेवा अति आवश्यक भएको छ । यस्तो चुनौतिपूर्ण घडीमा ग्राहकहरूलाई सेवा प्रदान गर्नको निम्ति इन्टरनेट सेवा प्रदायक क्लास्सिक टेकले बिशेष सावधानी अपनाएर सेवा दिने जानकारी गराएको छ ।

सबै जना घरमै बस्न विवश परिस्थितिमा विशेष गरी दैनिक कार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, फेसबुक लगायतअन्य सोसल साइटहरुको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउनको लगि इन्टरनेट अत्याधिक मात्रामा प्रयोग भइरहेको छ ।

अनलाईन बैकिङ्ग, अनलाईन ऐजुकेसन, कर्पोरेट काम, अनलाईन मेडिकल परामर्श जस्ता चुनैतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित