शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

गाईकोे पिसाबमा सुन

दैनिक नेपाल २०७६ चैत २८ गते ७:०४

नयाँदिल्ली । भारतको गुजरातको जुनागढ कृषि विश्वविद्यालयका प्रध्यापक डा.बीए गोलकियाले गाईले दुधमात्र नभइ सुन पनि दिएको जनाएका छन् ।

गाईको गहुँत पवित्र मानिन्छ । हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमुत्रको ठूलो महत्व छ । विज्ञानले समते गहुँतको सेवनले मानिसका विभिन्न रोगहरू निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ ।

धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण मानिएको गाईको गहुँत हुँदाहुँदै आर्थिक रुपमा पनि बहुमूल्य बनेको छ । किनकि गाईको पिसाबमा सुन भेटिएको छ ।

विद्यालयको बायोटेक्नोलोजी विभागका प्रमुख गोलकिया आफ्नो चार वर्षअघि गरेको अनुसन्धानका क्रममा तीन सयभन्दा बढी गाईको पिसाबको निरन्तर परीक्षण गरेका थिए ।

गौमुत्रको परीक्षण पश्चात वैज्ञानिकहरूले गाईको एक लिटर गहुँतमा तीनदेखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिन्छ भन्ने नयाँ तथ्य पत्ता लगाएका छन् । उनका अनुसार गहुँतमा लवणको रुपमा सुन पाइन्छ जुन पानीमा घुलनशील हुन्छ ।

जुन २८, २०१६ मा इण्डिया अफ टाइम्सले छापेको खबरअनुसार शोधकर्ताहरूले क्रोम्याटोग्राफी मास स्पेक्ट्रोमी विधिको प्रयोग गरी गौमुत्रको परीक्षण गरेका थिए ।

शोधकर्ताका अनुसार गाईको साथै उँट, भैँसी तथा भेँडाको पिसाब पनि परीक्षण गरिएको थियो । अन्यको पिसाबमा सुन भेटिएको छैन

शोधकर्ताहरूले गौमुत्रमा ३ सय ८८ प्रकारका औषधि तत्व समेत फेला पारेका छन् । यी औषधि तत्वमा मानिसको शरीरमा लाग्ने विभिन्न रोग निको पार्ने दाबी शोधकर्ताको थियो ।

प्रतिक्रिया
सम्बन्धित