बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

‘सरकार श्रमजीवी पत्रकारलाई पनि राहत देऊ’

सुर्य चन्द २०७६ चैत २७ गते १३:३९

-सुर्य चन्द

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा मानव जीवन अस्त व्यस्त बनेको छ । अर्थतन्त्रलाइ धरासायी बनाएको छ । विश्वभर दैनिक हजारौं मानिसहरुको मृत्यु भईरहेको छ ।

मानिसहरु घर भित्र लुकेर बस्न बाध्य भएका छन् । यस्तो विषम परिस्थितिमा हाम्रो जस्तो गरिब मुलुकले झनै समस्या भोग्नु परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न मुलुक लकडाउनको अवस्थामा छ ।

दैनिक ज्यालादारी गर्ने मजदुर, सामान्य पेशा गर्ने पेशाकर्मी देखि श्रमजीबी पत्रकार समेतले अहिले समस्या झेल्दै आउनु परेको छ ।

सरकारले यस लकडाउनको अवस्थामा राहत प्याकेज समेत घोषणा गरेको छ तर उक्त राहत पिडित समक्ष पुगेको छ त ? यसको अनुगमन कसरी भईरहेको छ भन्ने समेत प्रश्न खडा भएको छ ।

कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाईमा अहोरात्र खटिने सुरक्षाकर्मि, जनप्रतिनिधि लगायत सरकारका संयन्त्रहरुले त, सरकारी तलब भत्ता पाएका होलान तर उनिहरु जस्तै अहोरात्र खटिएर सम्पूर्ण जनता सामु सुचना पुर्याउने श्रमजीबी पत्रकारहरुको लागि सोच्नु पर्ने सरकारको दायित्व हो कि होइन ?

लामो समयको लकडाउनका कारण श्रमजीवी सञ्चारकर्मीको जीवनयापनमा समस्या परेको हुन सक्छ तसर्थ त्यस्ता पत्रकारहरुलाई पहिचान गरि राहत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यान जानु पर्ने देखिन्छ ।

त्यस्तै सरकारले वितरण गर्ने राहतलाइ व्यवस्थित बनाउँदै जनप्रतिनिधिले आफ्नालाइ होइन समस्यामा परेका पिडितलाई राहत वितरण गर्नु पर्ने आजको आवश्यकता रहेको छ ।

जनतालाइ दिनरात नभनी सत्य तथ्य समाचार सम्प्रेषण गरि सुसुचित बनाउने तथा सेलिब्रेटी, राजनीतिकर्मी, ब्यबसायी, समाजसेवी लगायत अन्यलाई रातारात चर्चित बनाउने श्रमजीबी पत्रकारहरुको बारेमा यस संकटको घडीमा सम्बन्धित निकाय किन मौन छ ?

पिडित श्रमजीबी पत्रकारहरुलाई राहात वितरण गर्ने राज्यको दायित्व होइन र ? सबै संचारकर्मी हुने खाने छैनन्, सबैले पैसा कमाएर ब्यालेन्स गरेका पनि छैनन् त्यसकारण सरोकार पक्षले यस संकटको घडिमा यथाशिघ्र पिडित पत्रकारको बारेमा समेत सोच्नु पर्ने देखिन्छ ।

फिल्म क्षेत्रका केहि कलाकारहरुले छायांकनको बेला खटिने चलचित्र प्राविधिकहरुलाई राहत वितरण गरेको छ तर त्यस्तै उनीहरुलाई समाचार, मिडिया मार्फत चर्चाको शिखरमा पुर्याउने पत्रकारहरुलाई किन यस्तो बेला राहत वितरण गरेन र मौन रह्यो । समाचार चाहिदा लेखिदिनु भनेर बारम्बार कल, म्यासेज गर्नेहरु अहिले किन तिनै पिडित पत्रकारहरुलाई सम्झिदैनन ?

त्यसैले पिडितहरुको पहिचान गरेर उनीहरुलाइ न्यायोचित व्यवहार गर्न सम्बन्धित पक्षको चाँडो भन्दा चाँडो ध्यान पुग्न जरुरी देखिन्छ ।

दैनिक जीवीकोपार्जन प्रभावित भएका अप्ठ्यारोमा परेका सञ्चारकर्मीलाई राहतका उपलब्ध गराउनु पर्ने सरकार लगायत नागरिक समाजको समेत भूमिका देखिन्छ ।

साथै संचारकर्मी अग्रपंक्तिमा खटिएर काम गर्नुपर्ने भएको हुँदा सुरक्षित विधि अपनाएर मात्रै काम गर्न आग्रह समेत आग्रह गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित