बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

गोली हानी श्रीमतीको हत्या

दैनिक नेपाल २०७६ चैत २७ गते १३:०४

काठमाडाैं, २७ चैत । बाजुराको गौमुल गाउँपालिका ४ मा श्रीमानले श्रीमतीको गोली हानी हत्या गरेका छन् ।

बुधबार राती ३३ वर्षीया सुन्तु रोकायालाई उनकै श्रीमान गोरख रोकायाले गोली हानी हत्या गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

भैंसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा फेला परेपछि बिहीबार बिहान मात्र माइती पक्षले प्रहरीलाई जानकारी दिएका दिए । मृतक सुन्तुको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।

रोकायाले के कारणले श्रीमतीमाथि गोली प्रहार गरि हत्या गरे भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित