बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एपीएफ अस्पतालको आइसोलेसनमा ७ जना भर्ना

दैनिक नेपाल २०७६ चैत २७ गते १२:५१

काठमाडाैं, २७ चैत । शसस्त्र प्रहरीको अस्पताल बलम्बुमा ७ जना बिरामीलाई आइसोलसनमा राखेर उपचार भइरहेको छ ।

राजधानीमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै हुँदै आएको कोरोना रोगको परीक्षण तथा उपचार अब एपीएफ अस्पतालबाट पनि थालिएको हो।

उपचारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी चिकित्सकहरुको संयुक्त टोली खटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एपीएफ अस्पतालमा ७ जनालाई आइसोलेसन वार्डमा राखिएको जनाएको छ।

चैत ८ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिले एपीएफ अस्पताललाई कारोना उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित