बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कालीमाटी बजार बन्द

दैनिक नेपाल २०७६ चैत २७ गते ११:५२

काठमाडाैं, २७ चैत । कालीमाटी तरकारी बजार तत्कालका लागि बन्द गरिएको छ । कोरोना भाइरसको त्रास बढको भन्दै तत्कालका लागि बन्द गरिएको जनाइएको छ ।

तरकारी किन्नका लागि महानगरपालिकाले बजार व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाले बन्दाबन्दी अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ ।

साथै तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्नेगरी तयारी भएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित