आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

तातोपानी नाका सञ्चालनमा

दैनिक नेपाल २०७६ चैत २७ गते १०:३४

फाइल तस्वीर

सिन्धुपाल्चाेक, २७ चैत । कोरोना भाइरसको महामारीको जोखीमलाई मध्यनजर गर्दै बन्द गरिएको तातोपानी नाका सञ्चालनमा आएको छ । नाकामा हेल्थ डेस्क स्थापना गरेर नाका सञ्चालनमा ल्याइएको हो ।

नाकाबाट पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका छन्। प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच छलफलपछि तीनबुँदे निर्णय गरी सुरक्षित रूपमा नाका खोलिएको हो ।

एकअर्का देशमा कोरोना संक्रमण भित्रन नदिन नाकाका चिनियाँ प्रहरी अधिकारीले पनि कडा निगरानी गरिरहेको सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक हरिबहादुर थापाले बताए।

चीनबाट भित्रिएका मास्क र सेनिटाइजर नाकामा कीटनाशक स्प्रे छरेर मात्र राजधानी पठाइएको हो।

प्रतिक्रिया
सम्बन्धित