शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

घरमा बोलाएर बालिका बलात्कार गर्ने युवक पक्राउ

दैनिक नेपाल २०७६ चैत २७ गते १०:२०

बाँके, २७ चैत । बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोहलपुर ११ का आकाश मल्ल रहेका छन् । बालिकाको परिवारको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गत आइतबार साँझ घरमा कोही नभएका समयमा घोराही ६ घर भई कोहलपुरको एकता नगर बस्दै आएका १९ वर्षीय अङ्कित गिरीले बालिकालाई काम छ भन्दै बोलाएर मल्लको घरमा लगेर बलात्कार गरेका थिए ।  गिरी भने फरार रहेका छन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित