आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

अस्पतालले उपचार गर्न नमान्दा युवकको मृत्यु

दैनिक नेपाल २०७६ चैत २७ गते १०:०८

वीरगन्ज, २७ चैत । वीरगन्जस्थित नेशनल मेडिकल कलेजले निमोनिया भएका युवकको उपचार गर्न नमान्दा मृत्यु भएको छ ।

निमोनिया आशंकामा उपचार गर्न आएका बारा महागढीमाई नगरपालिका-४ दैहार टोलका १७ वर्षीय निरञ्जन सहनीको बुधबार दिउँसो मृत्यु भएको हो।

अस्पतालले उपचार गर्न नमानेर जबरजस्ती अस्पतालबाट निकालेको आफन्तको आरोप रहेको छ । अस्पतालले जबरजस्ती निकालेपछि उनलाई उपचारका लागि वीरगन्ज हेल्थ केयरमा लगिएकोमा उनको अस्पताल पुग्ने मृत्यु भएको थियो ।

सहनीको निमोनियाको कारण मृत्यु भएको वीरगन्ज हेल्थ केयर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित