आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

लकडाउनको समयमा चैतली मेला संचालन गर्ने नौ जना पक्राउ

दैनिक नेपाल २०७६ चैत २७ गते ९:५५

बझाङ, २७ चैत । छविस पाथिभेरा गाँउपालिकाको बान्नीमा लकडाउनको समयमा चैतली मेला संचालन गरेको आरोपमा नौ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा स्थानीय जनप्रतिनिधि, मन्दिरका पूजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक नेत्र बहादुर बोहराले जानकारी दिए ।

स्थानीय प्रशासनले अहिलको विषम परिस्थितिमा मेला सञ्चालन गर्नुपूर्व सचेत गराएको थियो ।

तर गत सोमबार सम्पन्न मेलामा हजारौंको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित