शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अब ग्यासकाे भरि सिलिण्डर पाइने

दैनिक नेपाल २०७६ चैत २७ गते ९:२६

काठमाडाैं, २७ चैत । नेपाल आयल निगमले बिहीबारबाट भरि सिलिण्डर अर्थात १४. २ केजीको परिमाणमा ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको छ ।

उद्योगीले ग्यास खपत कम भएर बुलेटमै थन्किन थालेकाे गुनासाे गरेपछि आयल निगमले पूरा सिलिण्डर ग्यास भर्न निर्देशन दिएको हो ।

निगमले यसअघि बजारमा पठाएको आधा सिलिन्डरको ग्यास बिक्रीपछि मात्रै भरी सिलिण्डरको ग्यास बजारमा पठाउन भनेको छ । भरी सिलिण्डर र आधा सिलिण्डरको ग्यास एकै ठाउँबाट बिक्री गरेमा कारबाही हुने निगमले जनाएको छ ।

विश्वव्यापी रूपमा कारोना भाइरसको संक्रमणसँगै उपभोक्ताले घरमा ग्यास मौज्दात गर्न थालेपछि बजारमा ग्यासको अभाव सिर्जना भएको थियो ।

यसलाई मध्यनजर गदै नेपाल आयल निगमले चैत १३ गतेबाट बजारमा ७.१ केजीको आधा सिलिण्डर ग्यास पठाउन निर्देशन दिएको थियो । अहिले बजारमा ग्यास सहज भएको उद्यागी व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित