बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बहराइनमा दशजना नेपालीमा कोरोना भाइरसकाे सङ्क्रमण

दैनिक नेपाल २०७६ चैत २७ गते ८:५८

काठमाडाैं, २७ चैत । बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ ।

यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो । केही समयअघि सल्माबादको एक म्याम्पमा एक जना विदेशीलाई कोरोना सङ्क्रमण देखिएपछि त्यहाँ कार्यरत सबै श्रमिकलाई क्वारेण्टीनमा राखेर कोरोना परीक्षण गरिएको थियो ।

यसमध्येबाट बुधबार थप १० जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको राजदूत सुन्दासले बताए ।

प्रतिक्रिया
सम्बन्धित