शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेपाली अधिवक्ता क्षेत्री अमेरिकामा लगातार छैठौं वर्ष पनि सुपर लयर

दैनिक नेपाल २०७६ चैत २७ गते ६:३७

न्यूयोर्क । अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री लगातार छैटौं पटक सुपर लयरमा पर्न सफल भएका छन् ।

सन् १९८७ देखी अमेरिकामा बार लाईसेन्स प्राप्त गरेका अधिवक्ता क्षेत्रीलाई वकिलहरूको रेटिंग गर्ने संस्था सुपर लयरसले सन् २०१४ देखि लगातार यस वर्ष पनि सुपर लयरमा पारेको हो ।

न्यूयोर्कको म्यानहाटनमा मुख्य कार्यालय रहेको क्षेत्री एण्ड एशोसियट्सका प्रेसीडेण्ट रहेका अधिवक्ता क्षेत्रीले ईमिग्रेशन लगायतका विषयमा कानूनी सेवा दिंदै आएका छन् । फोर्डधाम युनिभर्सीटीबाट जेडी गरेका क्षेत्रीले अमेरिकामा रहेर पनि नेपालका लागि समेत बिभिन्न समयमा ठूला मुद्धाहरू जित्दै आएका छन् ।

लगातार छैटौ वर्षसम्म सुपर लयरमा पर्न सफल भए पश्चात क्षेत्रीले सबै शुभचिन्तक, स्टाफ र सेवाग्राही सबैलाई धन्यबाद दिएका छन् ।

अमेरिकामा आएर पनि नेपालीले यो तहको उपलब्धी हासिल गर्नु आफूहरू क्षेत्री एण्ड एशोसिएट्सको मात्र नभई सिंगो समुदायको उपलब्धी भएको अधिवक्ता क्षेत्रीसंगै लामो समयदेखि कार्यरत प्रशासक पिताम्बर भुसालले बताए ।

एनआरएन अभियानमा नागरिकता सम्बन्धी मुद्धामा लागि रहेका सुपर लयर क्षेत्री एनआरएन अमेरिकाको पूर्व अध्यक्ष तथा जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक समेत हुन् । गुल्मी जिल्लाको सिर्सेनीमा जन्मेका क्षेत्री हाल न्यूजर्सीमा बस्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित