शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

महामारीका बेला काममा नआउने ५ चिकित्सक बर्खास्त

दैनिक नेपाल २०७६ चैत २६ गते १५:०१

काठमाडौं, २६ चैत । महामारीका समयमा काममा नआउने लुम्बिनी प्रादेशिक अस्पतालका पाँच चिकित्सक बर्खास्त भएका छन् । प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभएपछि बर्खास्ती गरिएको हो ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालले करारमा रहेका चिकित्सक हटाइएको जानकारी दिए।

बर्खास्तीमा पर्नेमा रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा. सुवासचन्द्र चौधरी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित