शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एपेन्डिसाइटिस बिरामीले खोकेपछि शल्यक्रिया कक्षबाटै अस्पताल रिफर !

दैनिक नेपाल २०७६ चैत २६ गते १३:२३

विराटनगर, २६ चैत । विराटनगरस्थित नोवेल अस्पतालले एपेन्डिसाइटिसको शल्यक्रिया गर्न तयार बिरामीलाई शल्यक्रिया कक्षबाट रिफर गरेको छ ।

शल्यक्रिया कक्षमा सबै तयार भएपछि बिरामीले खोकेपछि कोरोना भन्दै रिफर गरेका हुन् । कोरोना भइरसको लक्षण हुनसक्ने भन्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेका हुन् ।

ज्वरो, निमोनिया, रुघा खोकी र रक्तचापको घटबढ केहीको पनि लक्षण नदेखिएपछि चिकित्सकले शल्यक्रियाको तयारी गरेको उनका आफन्तको भनाइ छ।

धरानस्थित वीपी प्रतिष्ठानमा पुर्याउदा बिरामीको अवस्था नाजुक भइसकेको थियो । वीपीमा पनि एपेन्डिसाइटिस भएको र अरु केहि नभएको देखिएपछि त्यहिँ उनको शल्यक्रिया गरिएको हो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

नोबेलका सञ्चालक सुनील शर्माले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकले वीपी रिफर गरेको बताए। पछिल्लो समय कोरोनाको बहानामा अस्पतालले विरामी माथि लापरबाही गर्ने गरेका घटना सार्वजनिक हुन थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित