आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

गोली हानी हत्या गरिएकी वनको शव दुई दिनमा पनि परीक्षण हुन सकेन

दैनिक नेपाल २०७६ चैत २६ गते १२:००

डोटी, २६ चैत । गोली हानी हत्या गरिएकी जिल्लाको जोरायल गाउँपालिका–४ देउथलाको नङ्नीटोलकी २० वर्षीया अनिता वनको शवको दुई दिन बितिसक्दासमेत परीक्षण हुनसकेको छैन ।

जिल्ला अस्पताल डोटीको शवघरमा राखिएको शव दुई दिन बितिसक्दासमेत परीक्षण हुनसकेको छैन ।

जिल्ला अस्पतालमा पाँज चिकित्सक कार्यरत रहे पनि गोलीकाण्डको परीक्षण गर्ने अधिकारप्राप्त चिकित्सक कोही नभएका कारण उनको शव परीक्षण हुन नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा ज्योति पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्पतालमा हामी पाँच चिकित्सक कार्यरत छौँ, गोलीकाण्डको परीक्षण गर्ने अधिकार र तालिम हामीसँग नहुँदा नगरिएको हो ।”रासस

प्रतिक्रिया
सम्बन्धित