आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

ज्वरो आएर अस्पताल भर्ना भएका एक व्यक्तिको मृत्यु, चिकित्सक क्वारेन्टाइनमा

दैनिक नेपाल २०७६ चैत २६ गते ११:२१

रामेछाप, २६ चैत । ज्वरो आएर अस्पताल भर्ना भएका एक वृद्वको मृत्यु भएको छ ।

ज्वरो आएर रामेछाप मन्थलीको तामाकोसी सहकारी अस्पतालमा भर्ना भएका ६७ वर्षीय एक वृद्वको मृत्यु भएको हो । उनमा कोरोना भाइरससंग मिल्दा जुल्दा लक्षण देखिएपछि स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

रिपोर्ट आएपछि कोरोना संक्रमण भए नभएको थाहा हुने र मृत व्यक्तिको उपचारमा संलग्न चिकित्सकको टोलीलाई क्वारेन्टाइनमा राखिएको अस्पतालले जानकारी दिएको छ ।

मृतकको शवलाई सुरक्षित तरिकाले दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ।

प्रतिक्रिया
सम्बन्धित