आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कर्णाली प्रदेशमा कोरोना परीक्षण मेसिनले भार धान्नै सकेन

दैनिक नेपाल २०७६ चैत २६ गते ११:००

सुर्खेत, २६ चैत । कर्णाली प्रदेशमा राखिएको कोरोना भाइरस परीक्षण मेसिने भार धान्नै नसकेपछि अन्य ठाउँमा पठाउन थालिएको छ ।

कर्णालीमा संघीय सरकारले पठाएको कोरोना भाइरसको स्वाब परीक्षण गर्ने मेसिनले भार धान्न नसकेको हो ।

प्रदेश अस्पताले मेसिनले भार धान्न नसकेपछि काठमाडौं लगायतका स्थानमा पठाइएको जानकारी दिएको हो । सुर्खेतमा रहेको मेसिनले दैनिक १२ वटासम्म स्वाब परीक्षण गर्ने गरेको छ ।

अहिलेसम्म गरिएका सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया
सम्बन्धित