आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रधानमन्त्रीकाे सम्बाेधनमा पूर्वराजा र डा.भट्टराई असन्तुष्ट

दैनिक नेपाल २०७६ चैत २६ गते १०:२७

काठमाडौं, २६ चैत्र । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको सम्बोधनबारे आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले संकटको घडीमा देशको कार्यकारी प्रमुखले जनतालाई नियमित रुपमा सम्बोधन गर्नु राम्रो भएपनि जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नु आपत्तिजनक भएको भनेर टिप्पणी गरेका हुन् ।

डा.भट्टराईले आफ्नो ट्विटरमा यस्तो लेखेका छन्, ‘संकटको वेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमितरूपमा संवोधन गर्नु राम्रो हो।तर प्रमले आफ्नो संवोधनमा जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नुचाहिं आपत्तिजनक छ । लोकतन्त्रमा हामीलाई दुवै चाहिन्छ । त्यसरी नै आलोचनालाई वेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति हो ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि प्रधानमन्त्री ओलीको सम्बोधनमा आफ्नो बेखशी व्यक्त गरेका छन् । उनले यस्तो लेखेका छन्, ‘कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्या प्रति सम्बोधन नहुनु निराशाजनक हो। राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।’

प्रतिक्रिया
सम्बन्धित