शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कांग्रेसका सांसद घलेले सरकारलाई दश हजार लिटर सेनिटाइजर दिने

दैनिक नेपाल २०७६ चैत २६ गते ८:२५

काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद कर्मा घलेले कोरोना भाइरसको संक्रमण रोकथामका लािग सरकारलाई १० हजार लिटर सेनिटाइजर उपलव्ध गराउने घोषणा गरेका छन् ।

कांग्रेस नेता घलेले आफ्नै औषधि उत्पादक कम्पनी सुमी फर्मास्युटिकलबाट उत्पादन गरेर सेनिटाइजर १० हजार लिटर सरकारलाई उपलव्ध गराउने भएका हुन् ।

सुरक्षा ब्राण्डको सेनिटाइजर उत्पादन गरि सांसद घलेले पहिलो चरणमा सरकारलाई सहयोग स्वरुप हस्तान्तरण गर्न लागेको जनाएका छन् ।

औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति पाएपछि घलेले सोमबारबाट सेनेटाइजर धमाधम उत्पादन शुरु गरेका हुन् ।

एक मिलिलिटरको एक रुपियाँ पच्चिस पैसा मूल्य तोकेर विभागले सेनिटाइजरको उत्पादन गर्न अनुमति दिएको छ ।

सरकारले तोकेको मूल्य अनुसार घलेले १ करोड २५ लाखको सेनिटाइजर सरकारलाई सहयोग स्वरुप दिन लागेका हुन् ।

औषधि व्यवस्था विभागले एक मिलिलिटरको सेनिटाइजरको मूल्य एक रुपियाँ पच्चीस पैसा तोकेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर सांसद घलेले सेनिटाइजर उपलब्ध गराउने जानकारी गराएका छन् ।

घलेले प्रत्येक प्रदेशलाई एक हजार लिटरका दरले सात हजार लिटर दिनेछन् । केन्द्र सरकारलाई ३ हजार लिटर प्रदान गर्ने सहमति भएको सांसद घलेले बताएका छन् ।

नवलपुरको कारखानाबाट आफ्नो क्षमता अनुसार सेनिटाइजर उत्पादन शुरु भइसकेको घलेले जानकारी दिए ।

सरकारलाई प्रदान गरिएको सेनिटाइजर अत्यावश्यक सेवाको क्षेत्रमा प्रयोग गर्नेगरि सहमति भएको सांसद घलेले बताए ।

मनाङबाट प्रतिनिधित्व गर्ने सांसद घलले आफू प्रतिनिधित्व गर्ने प्रदेश भएका कारण गण्डकी प्रदेश सरकारलाई आफू स्वयं उपस्थित भएर घलेले उपलव्ध गराउने योजना बनाएका छन् ।

घलेले कोरोना उपचार हुने अस्पताल, विभिन्न ठूला सरकारी अस्पताल, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी, जेल लगायत समुहमा बस्ने ठाउँमा सेनिटाइजर पहिलो चरणमा उपयोग हुने बताए ।

घलेले १० लिटरको जर्किन र आवश्यकता अनुसार त्यो भन्दा ठूलो भाँडोमा पनि उपलव्ध गराउने गरि सेनिटाइजरको प्याकिङ गराइरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित