शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

इटहरी उपमहानगर राहत कोषमा सांसद चौधरीले दिइन् एक लाख नगद र २५ सय किलो चामल

दैनिक नेपाल २०७६ चैत २६ गते ८:०७

इटहरी, २६ चैत । कोरोना भाइरस संक्रमणका समयमा सरकारले जारी गरेको लक डाउनका क्रममा विपन्न र गरिबका लागि इटहरी उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा संघीय सांसद रामकुमारी चौधरीले ठूलो सहयोग गरेकी छन् ।

पूर्व कृषिराज्यमन्त्री तथा नेकपा केन्द्रीय सदस्य चौधरीले उपमहानगरको कोषमा एक लाख नगद र २५ सय किलो चामल सहयोग गरेकी हुन् ।

राजनीतिक तथा सामाजीक कार्यहरुमा सक्रिय सहभागीता जनाउँदै आइरहेकी नेत्री चौधरीले बिपन्न परिवारहरुलाई आफ्नो सानो  सहयोगले केही हदसम्म सहयोग  पुग्ने  बताइन् ।

संकटको घडीमा हुनेले नहुनेलाई, एक छिमेकीले अर्को छिमेकीलाई जे हुन्छ त्यहि सहयोग गर्दा लक डाउन पूर्ण रुपमा लागू गर्न र पालना गर्न सकीने चौधरीले बतायन् ।

अबको दुई हप्ता निकै नै कठीन र जटील हुने बताएकी उनले नेपालमा कोभिड १९ दोस्रो चरणमा प्रवेश भएसँगै स्थितिलाई स्थिर राख्न लक डाउन पूर्णरुपमा कार्यान्वयन गर्नका लागि अपिल समेत गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित