बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

उपप्रधानमन्त्री पोखरेललाई विवादमा तान्न छोरा स्वराजको नाम गलत मनसायले जोडिएको पुष्टि

दैनिक नेपाल २०७६ चैत २६ गते ७:४४

काठमाडौं, २६ चैत । उपप्रधान र रक्षामन्त्री तथा कोरोना भाइरस नियन्त्रणका लागि गठित उच्चस्तरीय सरकारी समितिका संयोजक ईश्वर पोखरेलको चरित्रमा दाग लगाउन जबरजस्ती छोरा स्वराज पोखरेलको नाम जोडिएको पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागले पिपिईलगायत कोरोनाविरुद्धका औषधि उपचार सामग्री खरिदका लागि सम्झौता गरेको ओम्नी समूहमा स्वराजको शेयर रहेको भनी समाचार प्रकाशित भएको थियो । उक्त समाचारका कारण उपप्रधानमन्त्री पोखरेलको आलोचना भएको थियो । तर स्वराजले उक्त समाचारको खण्डन गर्दै आफू ओम्नी समूहमा नरहेको भनी समाचार माध्यम र सञ्चार माध्यमको नियमनकारी सरकारी संस्था प्रेस काउन्सिल नेपालमा उजुरी गरेपछि यसको पुष्टि भएको हो ।

विभागले ओम्नी समूहसँग गरेको खरिद सम्झौता एकतर्फी रुपमा खारेज गरिसकेको छ । स्वराजले आफू ओम्नी समूहसँग कुनै पनि प्रकारको सम्बन्धमा नरहेको सो समाचारका कारण चरित्र हत्या भएको भन्दै काउन्सिलमा उजुरी दिएका थिए ।

काउन्सिलले समाचार प्रकाशन गरेको सम्बन्धित संस्थालाई एक पत्र लेख्दै खण्डन प्रकाशित गर्नका लागि निर्देशन दिएको पत्र सार्वजनिक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित