आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बुधबार बिहानै लकडाउन उल्लंघन गर्ने दुई हजार बढि कारबाहीमा

दैनिक नेपाल २०७६ चैत २६ गते १०:१९

काठमाडौं, २६ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने दुई हजार बढिलाई प्रहरीले बुधबार बिहानै कारबाही गरेको छ ।

कारबाहीमा परेकालाई सडकमै होल्ड गराएर राखिएको हो । काठमाडौं उपत्यकाबाट एक हजार ४ सय २४ पुरुष, ५ सय महिला, ललितपुरबाट २ सय ७४ पुरुष र ७९ महिला र भक्तपुरबाट २० पुरुष र २४ जना महिलालाई होल्ड गराइएको महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।

दुई पांग्रे र चार पांग्र गरि १२९ वटा सवारी साधन पनि कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्ने संख्या दिनप्रतिदिन बढ्दै गएपछि प्रहरीले कडाई गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित