शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भारतको अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली भेटिए

दैनिक नेपाल २०७६ चैत २५ गते १६:०२

काठमाडौँ, २५ चैत । भारतको एक अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली फेला परेको भारतीय प्रहरीले जनाएको छ ।

बीबीसीका अुनसार उत्तर प्रदेश राज्यको बागपत जिल्लामा एउटा अस्पतालबाट सोमबार राती भागेका कोरोनाभाइरस सङक्रमित ती नेपाली फेला परेको त्यहाँका प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

उनी सुनसरीस्थित भोक्राहा घर भएका उनी धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग गएका भारतीय प्रहरीले जनाएको छ ।

उनमा शुक्रबार कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो ।

तर उनी सोमबार राती झ्यालको सीसा फुटाएर अस्पतालबाट भागेका थिए । उनलाई खोज्न त्यहाँको प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो ।

बीबीसीसँग कुरा गर्दै बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने, “हामीले १० टोली परिचालन गरेका थियौँ । अहोरात्र काम गर्यौँ र अहिले पनि हामी फिल्डमा नै छौँ ।” “भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ ।”

उनका अनुसार ६५ वर्षका ती व्यक्तिलाई एक्ल्याएर कोभिड(१९ को उपचार गरिनेछ ।

बागपतका प्रहरी प्रमुख यादव भन्छन्, “हामी उनी किन भागे भनेर बुझ्न खोज्छौँ । उनी पीडित हुन् । हामी उनको स्वास्थ्यको हेरविचार गर्छौँ ।”

“हामीलाई चिकित्सकहरूले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ । तर तनाव वा अरू कारणले उनी भागेका हुन सक्छन् ।”

खेकडाको अस्पतालमा कोभिड १९ को उपचार गराइरहेका उनी एकमात्र व्यक्ति थिए ।

अस्पतालमा नै एक्लो बिरामी भएपछि उनी भागेको हुनसक्ने र अब जिल्ला अस्पतालमा उनलाई पठाइने यादव बताउँछन् ।

ती व्यक्ति २८ जना सम्मिलित जमातको साथ लागेर भारत पुगेका थिए । यद्यपि २७ जनामा संक्रमण देखिएको छैन । तर उनीहरुलाई त्यहाँ क्वारेन्टिनमा राखिएको छ ।

अस्पतालबाट भागेका उनलाई देख्नेबित्तिक सूचना दिन प्रहरीले सार्वजनिक आह्वान गरेको थियो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले करिब २ हजार १ सय नेपाली भारतको विभिन्न क्वारेन्टिनमा रहेका जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित