शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘र्‍यापिड टेस्ट किट विश्वासयोग्य छैनन्’

दैनिक नेपाल २०७६ चैत २५ गते ७:४२

काठमाडाैं, २५ चैत । कोरोना भाइरस संक्रमण पत्ता लगाउन विभिन्न जिल्लामा -यापिड टेस्ट गर्ने तयारी सरकारले गरिरहेका बेला विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले यस्तो परीक्षण विश्वसनीय हुन नसक्ने जनाएको छ। किटहरूको गुणस्तरमा प्रश्न उठेकाले नतिजा भरपर्दो हुन नसक्ने उसको भनाइ छ।

‘कमजोर नतिजाका कारण यस्ता -यापिड डायगोनिस्टिक टेस्ट विश्वासयोग्य नहुने विश्व स्वास्थ संगठनले लगातार भन्दै आएको छ’, संगठनको नेपाल कार्यालयले नागरिकको इमेल प्रत्युत्तरमा भनेको छ।

‘जब थप मान्यताप्राप्त -यापिड टेस्ट किटहरु उपलब्ध हुन्छन् तब संगठनले तत्काल एउटा निर्देशिकामार्फत तिनको सही प्रयोगबारे सम्बन्धित राष्ट्रहरूलाई जानकारी गराउनेछ’, संगठनले भनेको छ।

विश्व स्वास्थ संगठनले यसो भने पनि कन्चनपुर, कैलाली र बाग्लुङमा कोरोना संक्रमितको सम्पर्कमा आएका र जोखिमा रहेका मानिसमा र्‍यापिड टेस्ट गर्ने तयारी सरकारले गरेको छ। यसका लागि नेपाल स्वास्थ अनुसन्धान परिषद्को नेतृत्वमा चार सदस्यीय टोली आइतबार कैलाली गइसकेको छ भने बाग्लुङ र कन्चनपुरका लागि पनि थप दुई टोली यसै साता पुग्ने तयारी छ।

आश्चर्यको विषय यो छ कि चीनबाट हालै ल्याइएका किटको विश्वसनीयता प्रमाणित नभइसकेको अवस्थामा पनि सरकारले तिनैलाई प्रयोगमा ल्याउन लागेको छ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमित नौजनामध्ये बाग्लुङ र कैलालीमा दुई/दुई र कञ्चनपुरमा एकजना छन्। भारतमा कार्यरत नेपाली कोरोना त्रासले घर फर्केपछि सुदूरपश्चिमका जिल्लामा संक्रमणको जोखिम देखिएकाले रोकथाम गर्न -यापिड टेस्ट गर्न लागिएको सरकारी भनाइ छ। यसका लागि सरकारले हालै चीनबाट ल्याइएका -यापिड टेस्ट किट प्रयोग गर्न लागेको छ।

सरकारले हालै चीनबाट खरिद गरेका ७० हजार जति र्‍यापिड टेस्ट किट नै ती जिल्लामा प्रयोग हुनेछन्। चीनबाट ल्याइएका किटको गुणस्तरमा प्रश्न उब्जिएपछि गत साता स्वास्थ मन्त्रालयले गुणस्तर प्रमाणित भएपछि मात्रै प्रयोग गर्ने भनेको थियो। श्रीराम सुवेदीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित