शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोनाबाट अमेरिकामा एकैदिन ४ नेपालीको मृत्यु

दैनिक नेपाल २०७६ चैत २३ गते २०:३२

सांकेतिक तस्वीर

न्युयोर्क, २३ चैत । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ ।

यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।

शनिबार अरू चारजनाको निधन भएको हो। यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् । सबै न्युयोर्कमा बस्दै आएका थिए ।

निधन भएका परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले जानकारी दिनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित