बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

देशमा दुई सयवटा कोरोना टेस्टिङ ल्याब बनिँदा सिक्किममा बनेन एउटै पनि

दैनिक नेपाल २०७६ चैत २३ गते १५:५०

-जगन दाहाल
गान्तोक, २३ चैत । कोविड १९ को विश्वव्यापी प्रकोपमा सिक्किममा एउटै समस्या नआइपुगे पनि अहिलेसम्म राज्य सरकारले टेस्टिङ ल्याब फेसिलिटी भने बनाउन सकेको छैन ।

केन्द्र सरकारले मानिस, पैसा अनि सबै गाइडलाइन्स पठाए पनि सिक्किम सरकार यस कुराको उपयोग गर्न चुकेको छ । एसडीएफ पार्टीले जनताको हितमा यस्तो आवाज उठाउँदा राजनीतिकरण गरियो भन्ने आरोप लगाइरहेको छ ।

तर अहिले हामीले राजनीति गर्ने समय होइन । यो कुरा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका मुख्य प्रवक्ता एमके सुब्बाले बताएका हुन् ।

उनेल भनेका छन्, यस्तो समयमा कसैले पनि राजनीति गर्दैन । अहिले सबै आम नागरिक हौँ । आम मानिसको सुरक्षा कसरी गर्नुपर्ने हो, त्यस विषयमा सबै चिन्तित हुनुपर्छ । जसले यसलाई राजनीतिक मुद्दामा मुछ्दैछ त्यो उनीहरूको सङ्कुचित मानसिकता हो । मैले डब्ल्यूएचओको प्रोटोकल अनुसार बोल्दैछु ।

सिक्किममा कोविड १९ टेस्टिङ सेण्टरको जरुरत छ । सरकारले जनतालाई लोलोपोतो लगाउँदै राजनीति गरिरहेको छ ।

सरकारले जनवरीदेखि यसको प्रक्रिया गरेको भने अहिलेसम्म लेब किन बनिएन। टेस्ट नै नगरी सिक्किम सुरक्षित छ भन्नु जनतालाई अन्योलमा पार्नु हो, जनताको ज्यान खतरामा हाल्नु हो ।

सरकारले आफ्नो सहयोगको निम्ति सबै विपक्षी पार्टी, एनजीओ आदिलाई बोलाएर सभा गर्नुपर्ने थियो तर कहिल्यै गरेको छैन । डिजास्टर मेनेजमेण्ट एक्टमा लेखेको छ अनुसार काम गरेको छैन ।

उनले अघि भने, एसकेएम सरकारले राजनीति गरिरहेको छ । एसडीएफ पार्टीले जनतालाई राहत सामाग्री बाँड्ने पर्मिसन माग्न जाँदा पूर्व जिल्लापाल राज यादवलाई गाडीको पर्मिसन दिन मना गरेको छ ।

आज सरकारले विपक्षी पार्टीलाई काममा सहयोग पुर्याउन दिएको छैन। आफूले नगरेको काम पूर्व सरकारलाई लगाउँदैछ ।

पूर्व मुख्यमन्त्री पवन चामलिङले कोविड ज्ञढको बारेमा टेस्टिङ ल्याब विषयलाई विधानसभामा कुरा राख्न लाग्दा त्यो पनि दिइएन । एसडीएफ पार्टीले पूर्णरूपमा सहयोग पुर्याइरहेको छ ।

सिक्किम सरकारले सुनेको खण्डमा एसडीएफ पार्टीले केन्द्र सरकारले पठाएको नोटिश पढ्नुपर्नेछ जहाँ कोविड १९ लेब टेस्टिङ सेण्टरको जरुरत कति छ ? आईसीएमआरले त्यसको गाइडलाइन्स दिएको छ ।

जब ५१ वटा भारतमा ल्याब बनाउँदा पनि सिक्किममा एउटा बनिएन अनि अहिले २०० वटा पुग्दा पनि सिक्किममा बनाएको छैन । आज आईसीएमआरले दिएको

गाइडलाइन्समा कुनै राज्य या जिल्लादेखि कोविड १९ को टेस्टिङ सेण्टर १५० किमो भन्दा टाडो छ भने त्यो राज्य या जिल्लाले कोविड १९ टेस्टिङ ल्याब बनाउन सक्नेछ ।

अहिलेसम्म सिक्किम सरकारले नयाँ एसटीएनएम अस्पताललाई कलेक्सन सेण्टरमात्र भनेर बताएको छ ।

सिक्किमको सन्दर्भमा लोकसभा अनि राज्य सरकार सांसदहरूको कुरा गर्नु हो भने, यस विषयको प्रोटोकलमा सांसदलाई औंल्याउने ठाउँ छैन ।

जहाँसम्म दार्जी्लिङका सांसद राजू विष्टले सिक्किमको हेडलाइन कवर गर्दैछन् । यता सरकारले बाँड्नुपर्ने राहत सामाग्री पार्टी कार्यकर्ताहरूले बाँड्दैछन् ।

नेश्नल डिजास्टर मेनेजममेण्ट अनुसार अहिले नेश्नल फूड सेक्यूरीटी एक्ट अनुसार राहत दिइनुपर्छ । यसमा पनि सिक्किम सरकार फेल छ ।

राज्यमा मुख्य सचिव, जिल्लापालहरूलाई सबै याद छ तर जनतालाई गुमराह गरिरहेका छन् । हिजो राज्यमा सामाग्री आइपुग्यो तर सरकारले जे गर्याे त्यो धेरै ढिलो गर्याे ।

राज्य सरकारले आफ्नो राज्यमा भने केही काम गरेको छैन । सिक्किम सरकारले पैसाको निम्ति केन्द्र सरकारसमक्ष हात फैलाउनुपर्दैन । फाइनेन्स भनेको राज्य सरकारको हातमा छ ।

सरकारले यस समयमा राज्यको आपदा राहत कोष प्रयोग
गर्नुपर्छ त्यो कहाँ छ । यसमा एसबीएसको पाँचसय करोड रुपैयाँ प्रयोग गरेको छैन । जनवारीदेखि सुरु गरेको थियो भने अहिलेसम्म सरकारले किन गरेको छैन ।

सरकारले डिजास्टर मेनेजमेण्ट एक्ट लागू नगरेको कारण सिक्किमको यस्तो हालत भएको हो ।

प्रतिक्रिया
सम्बन्धित